मंसिर २१, काठमाडौ । सिटिसी मल सुन्धारामा रहेकाे सिटिसि माेबायल हबले २० मंसिरबाट माेबायल एक्सचेञ्ज अफर सुरुवात गरेकाे छ। माेबायल मेलामा एक्सचेन्ज अफरका साथै एउटा किन्दा अर्काे माेबायल सितैमा अफर मेलाकाे अाकर्षन बन्ने सिटिसि माेबायल हबले जनाएको छ।
याे मेलामा ९ हजार ९ सय ९९ रुपैयाँ देखि २ लाख ३४ हजार सम्मका माेबायल राखिएको छ।हबका प्रवन्धक जीवन श्रेष्ठले मेलामा जस्ताेसुकै पुरानाे माेबायल भएपनि उचित मूल्य पाइने र एक्सचेन्ज समेत गर्न सकिने जानकारी दिए ।
यहाँ सबैप्रकारका माेबायलहरु खरिद गर्न सकिने छ। मेलामा ११ हजार रुपैयाँ देखि ३ लाख १५ हजारसम्मका ल्यापटप अाईप्याड म्याकबुक लगायत ग्याजेट उपलब्ध हुनेछन। याे मेलामा क्यामेरा ल्यापटप अाइप्याड म्याकबुक माेबायल किस्ता बन्दिमा खरिद गर्न सकिने छ।
उक्त मेलामा ६० मिनेट फेस टु फेस माेबायल मर्मत सेवा पनि उपलब्ध रहेकाे छ। मेलामा राखिएको गल्फमा ३ स्काेर गर्नेले माेबायल किन्दा ५० प्रतिशत छुट पाउने छन भने ४ स्काेर गर्नेले अाफुले खरिद गरेकाे जस्तैअर्काे नयाँ समान सित्तैमा पाउने छन। याे मेला १५ दिनसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस