नेकपा निकट युएई मोर्चाले अलपत्र एक मजदुरको उद्दार गर्यो


कार्तिक २१, युएई । बिगत ३ महिना अघि भिजिट भिसामा युएई पुगेका बाग्लुङका सुमित नेपाली बुधबार नेपाल पुगेका छन् । उनलाई पोखरामा रहेको सन एण्ड कम्पनीका संचालक बिपिनले रु २ लाख १० हजार असुली काम लगाई दिने सर्तमा युएई पठाएका थिए ।

३ महिना बितिसक्दा पनि काम दिलाउन नसकेको पछी घर फर्किन टिकट समेत नदिँदा भिसाको म्याद सकिनै लाग्दा समस्यामा परेका थिए । पिडित सुमितले भिजिट भिसाको म्याद २ दिन मात्र हुँदा युएईमा रहेको नेपाली जनप्रगतिशिल मोर्चालाई उद्दार गर्न आग्रह गरेका थिए ।

उनको आग्रह गरेपछि मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले नेपाल समन्वय गरि सोहि म्यानपावरबाट टिकटको व्यवस्थापन गराई नेपाल पठाउन सफल रहेको मोर्चाले जनाएको छ ।

सुमित नेपालीको उद्दारका लागि पोखरामा रहेका पत्रकार रमाकान्त बास्तोला र हाल नेपाल छुट्टीमा रहेका युएई मोर्चाका सल्लाहकार समिर खत्रीले पोखराका एजेन्ट बिपिन संग सम्पर्क गरि तत्कालै टिकटको ब्यबस्था मिलाएको कमल पोख्रेलले बताए ।

सुमित नेपाली सकुसल बुधबार नेपाल पुगिसकेको पोख्रेलले पोष्बपाटी संग बताए । घरफर्किएका सुमितले विप्लव नेतृत्वको नेकपा निकट प्रवास संगठन नेपाली जनप्रगतीशिल मोर्चा युएईलाई पहलका लागि धन्यवाद दिएका छन ।

 

२१ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको