खुसीको खबर :अब बुटवलदेखि पाल्पासम्म केवलकार चल्ने, यस्तो बन्दैछ हेर्नुहोस ग्राफिक भिडियो र फोटाहरु


बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले कम्पनीले जानकारी दिएको छ ।

१ अर्व लागतमा निर्माण गर्न लागिएकोे यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने सिद्धार्थ केवलकारका संचालक राजेन्द्रसिंह गुरुङ बताउँछन् ।

https://youtu.be/tbHEXkmOV6A

करिब २ किमी लामो सो केबलकारको निमार्र्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ ।

शनिबार आयोजित उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको संचालक गुरुङ्गले जानकारी दिए । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

यो केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको गुरुङले जानकारी दिएका छन् ।

हेर्नुहोस तस्विरहरु 

२०७४ पुष २३ गते प्रकाशित

अनलाइन खबरबाट

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको