राप्ति बासीलाई खुसिको खबर : दाङका लागि हवाई उडान आज देखि सुचारु, महरा पहिलो यात्री


दाङको टरिगाउँ विमानस्थलमा आज आइतबारदेखि उडान सुरू भएको छ । जिल्लाका जनप्रतिनिधिहरुको विशेष पहलमा समिट एयरले सातामा दुई दिन आइतबार र शुक्रबार उडान भर्ने तालिका अनुसार लामो समयदेखि बन्द भएको विमानस्थल आजदेखि सुचारु हुन थालेको हो ।

पहिलो उडानमा उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पहिलो यात्रुको रुपमा काठमाडौंबाट दाङ आएका छन् ।

महराको साथमा दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, सल्यान प्रदेश सभा २ का सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बिहान साढे ११ बजे दाङका लागि उडिका थिए ।

दाङदेखि काठमाडौंका लागि प्रतिव्यक्ति ६ हजार ८ सय भाडादर निर्धारण गरिएको छ भने काठमाडौंबाट दाङका लागि ७ हजार २ सय भाडादर निर्धारण गरिएको छ ।

२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थल यसअघि पटक–पटक गरेर चार पटक रोकिदै र सञ्चालन हुँदै आएको थियो । यसपटक दाङका जनप्रतिनिधिहरुको विशेष पहल र सक्रियतामा टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको