काठमाडौं २३, पुस।
सर्वसाधारण नागरिक झाडा पखाला र ज्वरोको उपचार नपाएर मृत्युको शिकार भइरहेका छन् । केही दिनेदेखि जाजारकोट र जुम्लामा फैलिएको भाइरल ज्वरोका कारण १५ जना भन्दा बढीको ज्यान गइसकेको छ ।
जाजारकोटको जुनीचाँदी गाउँपालिकामा ८ दिने नाबालाकसहित ९ जनाको मृत्यु भइसकेको छ भने ३ सय जना विरामी छन् । त्यस्तै जुम्लामा ६ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं विरामी छन् ।
त्यस्तै तराईका जिल्लाहरुमा चिसोका कारण मृत्यु हुनेहरुको संख्या थपिदै छ ।
नागरिकले झाडा पखालाको उपचार नपाइरहेको बेला यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपचारको लागि बैंकक जाँदै छन् ।
नागरिकहरु सामान्य रोगको उपचार नपाएर ज्यान गुमाउनु पर्ने हाम्रो देशमा नेताहरुले भने करोडौं उपचार खर्च लिएर विदेश भ्रमण गर्दै अाएका छन् ।
अध्यक्ष ओलीले उपचारको नाममा अहिलेसम्म १७ करोड भन्दा बढी रकम लिइसकेको खुलासा भएको छ ।
विभिन्न मितिमा गरी ओलीले उपचारको नाममा १७ करोड ६६ लाख रुपैयाँ राज्यको ढुकुटीबाट लिइसकेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४ साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कात्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार रुपैयाँ ओलीले लिएका छन् ।
त्यसैगरी २०७२ कात्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ कागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ राज्यको ढुकुटीबाट उपचार खर्च लिएका छन् ।
तर, जाजारकोट र जुम्लामा रोगले महामरीको रुप लिँदा समेत सरकारले ठोस पहल गरेको छैन । जनप्रतिनिधिहरुले पनि फेसबुकमा समवेदना लेख्नेबाहेक केही गर्न सकेका छैनन् । यो पटकको भ्रमणमा कति लिने हुन् विवरण अाउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस