नायिका प्रियंका कार्कीले भनिन ‘नकारात्मक न्यूजको शिकार भयौं’


एक पत्रकार सम्मेलनमा नायिका प्रियंका कार्कीले कलाकारहरु धेरै मात्रामा नकारात्मक समाचारको शिकार भएको बताएकी छिन् । उनले भनिन्-‘अहिले किन कलाकारका समाचार नकारात्मक रुपमा मात्र आइरहेका छन् । त्यसलाई सकारात्मक रुपमा सोच्न र लेख्न पनि सकिन्छ नी होइन र ?’

प्रियंकाले गुनासो गर्दै भनिन्-‘२ महिना घरमा आराम गर्दा काम नपाएर घरमै बसिन् भन्ने समाचार आउँछ । लगातार काम गर्दा पैसाका लागि धेरै काम गरिन् भनेर आउँछ । साच्चै, हामीले गर्ने चै के हो ?’

उनले भनिन्-‘हामीले दिने खबरले नै चलचित्र क्षेत्रलाई कुन बाटोमा लैजाने भन्ने बाटो देखाउँछ । चलचित्र क्षेत्रलाई सम्मानित तरिकाले लैजाने हो भने बाबु आमाले नी आफ्ना छोरा छोरीलाई यो क्षेत्रमा पठाउन अग्रसरता देखाउँछन् । हामी, नकारात्मक मात्र हुने हो भने त नयाँ पिढी यो क्षेत्रमा कसरि आउँछ र ?’

उनले, आफू ‘बटरफ्लाई’को प्रमोशनमा हिडेको दाबी गरिन् । नायिका भन्छिन्-‘बटरफ्लाइको कार्यक्रम नै भएको छैन त हामीहरु कहाँ हिड्नु ? बोलाएको ठाउँमा त पुगेकै छौ नी ।’

आफूहरुको पनि परिवार भएको भन्दै नकारात्मक समाचार धेरै पढ्दा आफ्ना बाबु आमाको पनि चित्त दुख्ने उनको भनाई थियो । ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका र नायक आर्यन अधिकारीको मुख्य भूमिका छ ।

चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । पौष २८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । नायक आर्यन अधिकारीले एउटा फरक प्रेम कथामा काम गरेको बताए । प्रियंकाले पनि एउटा फरक र रोचक प्रेम कथाको चलचित्रमा काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको