बैंकक उपचार जाँदै गरेका केपी ओलीलाई दुवईबाट एक युवाले यस्तो भावुक पत्र लेखे


मेरो प्रिय नेता, तपाईको स्वस्थ लाभको कामना सधै गरिरहेको हुन्छु र गरिरहनेछु।

मैले देखेका र भेटेका नेता मध्य मेरो मनले प्रिय ठानेको नेता हो तपाई। नियमित स्वास्थ चेकजाँचको लागी हजुरको यो ‘बैंकक’ यात्रा अन्तिम बनोस्।

मलाई थाहा छ तपाईको अबको एउटै सपना भनेको ‘नेपाल’ देशलाई समृद्ध बनाउने मात्रै छ। मर्नु भन्दा अगाडी आफ्नै आँखाले समृद्ध देश हेरेर मर्ने तपाईको सपना छ। म ‘दुबई’ आउने दिन तपाई संगको भेटमा पनि यहीँ भन्दै हुनुहुन्थ्यो।

अहिलेको युगमा असम्भव भन्नेकुरा एकादेशको कथा जस्तै भैसकेको छ। मानिसले चाहे जेपनी गर्न सक्छ। बस्! उसमा आट, साहस र हिम्मतको भोक जरुरी छ।

म तपाईलाई दक्षिण अफ्रिकाको अध्यारो हटाउने ‘नेल्सन मन्डेला’ बनेको हेर्न चाहान्छु। म तपाईलाई सिङ्गापुर देश समृद्ध बनाउने ‘लिक वान’ बनेको हेर्न चाहान्छु।

हो, म तपाईलाई मलेसिया लाई बिश्वको आकर्षणको केन्द्र बनाएका ‘माथिर बिन महम्मद’ बनेको हेर्न चाहान्छु। हो ओली ज्यू, म तपाईलाई बिश्वकै शक्तिशाली देश बनाउने ‘रसीया’का ‘ओटो भान बिस्मात’ बनेको हेर्न चाहान्छु। त्यसैले ओली ज्यू, म तपाईको स्वास्थ लाभको सधैसधै कामना गरिरहन्छु।

अब देश बनाउनु छ। देश बनाउन तपाई स्वस्थ हुन जरुरी छ। त्यसैले तपाईको स्वास्थ उपचार राम्रो होस्।

अबको बैंकक यात्रा अन्तिम बनोस्। किनकी अब देशमै खोल्नु छ तपाईले उपचार गर्ने गरेको बैंककका त्यस्ता थुप्रै अस्पतालहरु।

हुम्ला, जुम्ला र कालिकोटका जनताहरु एउटा सिटामोल नपाएर मर्नु परेको समाचारहर पढ्नुपर्ने दिनको अन्त्य गर्नुछ।तपाईको देशको एउटा रेमिटान्स नागरिक बिगत ६ बर्ष देखी यै सपना देखेर परदेशमा बसिरहेको छ ओलि ज्यू।

यो सपनानालाई बिपनमा परिवर्तन भएको आफ्नै आँखाले हेरेर मर्ने मेरो पनि ठूलो धोको छ।

त्यहीँ दिन हेर्नको लागी भित्तामा टाँसिएका भगवानका तस्बिर अगाडी हात जोड्दै म तपाईको स्वस्थ लाभको कामना गरिरहेको हुनेछु। तपाई छिट्टै निको भएर देश समृद्ध बनाउने नक्सा कोर्दै देश बनाउने यात्रामा अगाडि बढ्नुहोला।

तपाईको प्रत्यक कदममा करोडौं जनताको भविस्य जोडिएको छ।

सुबास शर्मा युएई बाट 

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको