अथाह सपनाको हवाई जहाज चढेर बुलबुल १४ वर्ष अघि हड्डी खियाउने शहर युएई पस्यो । आज १४ बर्षे सपनाको एउटा भ्रुण बोकेर स्वदेश झरेको छ । भन्नुको मतलब हड्डी खियाउने शहर पसेको मैकोटको भेडीगोठे ठिटो पृथीछक बुढा मगरले कलम घोट्न पनि सिकेछ । आफ्नो हड्डी संग संगै कलमको निम खियाउदा एक प्रगतिशील लेखक पो बनेछ ।
पूर्वी रुकुम मैकोटका भेडीगोठे मगर सँग अचेल ‘बुलबुल’को डाइरी छ । उनको कलमको निम घोटेको कमाई हो ‘बुलबुल’ । युएई बसेर हड्डी खियाउदा केहि पैसा पनि जम्मा गरेका छन्, बुलबुलको जन्म पश्चात संरक्षण र संहारमा केहि खर्च गर्नेछन ।
हो त्यहि डाइरी बोकेर अहिले उनि स्वदेश ओर्लिएका हुन् । उनको त्यो ‘बुलबुल’ डाइरीमा के छ ? कसैलाई थाहा हुने कुरापनि भएन तर साथीभाइ भने पछी हुरुक्क हुने उदारवादी बुढा मगरले बुलबुलको एउटा अंश चुहाइ हाले । त्यही चुहिएको मौकामा यो पंक्तिकारले चौका हान्यो र पोष्ट पाटीमा पोष्टिन भ्यायो ।
पृथीछक बुढा मगरले ‘बुलबुल’ नामक उपन्यास ल्याउदै छन, त्यसको गर्भाधान अब यसै साल हुनेछ । हाल उनको भेडीगोठ कहाँ छ ? त्यसबारे बुलबुलमा पक्कै भेटिने छ, त्यसको ब्यग्र प्रतिक्षामा कुरेर बसेका छन स्रोताहरु, त्यसरी प्रतिक्षामा कुरेर बस्ने मध्यको यो पंक्तिकार पनि हो ।
युएई पसेर हड्डी घोट्दा कलम पनि घोट्न त सिके तर उनको कलमले घोटाइको धार बदल्यो र प्रगतिशील धार पकड्यो, कितावको आवरण गाथा नै प्रगतिशील बन्यो ।
पृथी छक बुढाले धेरै कुरा बताउन चाहेनन् तर उनका अनुसार १० बर्षे क्रान्तिको भयानक दृश्यहरु एकपटक फेरी खोतलेको आवास दिएका छन् ।
विहान म चाँडै व्युँझिन्छु आजभोली । झिसमिसेमै पत्रिका व्वाईले गेटमा दुई थान पत्रिका छाडेर गएको रहेछ एउटा साप्ताहिक र एउटा कुनै दैनिकी पत्रिका । द हिमालय पोष्ट कोठामै छोडेँ र दैनिक पत्रिका लिएर वाथरुम छिरेँ । पानाहरुलाई पल्टाएर हेरेँ । पहिलो पृष्ठको समचारमा आँखा प¥यो ।
समचार यस्तो थियो, “नेटो सेनाद्धार पाक–अफगान सिमा क्षेत्रमा वमवारी, सयौँ तालिवानीको हताहती ।”
मलाई यस्ता मृत्यु र हताहतीका समाचारहरु हेर्न मन लाग्दैन ।
पेज पल्टाएँ । “ईराकको राजधानी वग्दादमा सियाहरुको एक धार्मिक कार्यक्रममा आत्मघाती वम विस्फोट, सयौँको मृत्यु ।” मन खिन्न हुन्छ ।
फेरि पेज पल्टाएँ, “अफ्रिकी मुलुक कङ्गगोमा विद्रोहीद्धारा सयौँ छात्राहरुको अपहरण ।”
मेरो दिमाग खराव हुन थाल्यो । म जुन खवर विल्कुलै सुन्नै चाहान्नथे, त्यही समाचार वनेर छापामा आउँछ । यो दुनियाँमा के हुन खोजेको हो ? धिक्कार छ मानव जाती ।
फेरि पेज पल्टाएँ, “लाहानमा पहाडीया र मधेसी समुदाय विच झडप, दुई जनाको मृत्यु, पाँच जनाको अवस्था चिन्ताजनक ।” जातले जन्माएको रिति ।
“धारा छोएको कारण धादिङमा दलित महिला कुटिए ।” मन धमिलियो ।
अन्तिम पृष्ठ पल्टाएँ, “दक्षिण चीन सागरमा विवाद चर्कंदै ।”
मेरो मष्टिस्कमा पृथ्वीको कुरुप दृश्यहरु घुम्न थाले । दिमागमा वोझहरु थपिँदै गयो । रिसको झोँकमा पत्रिकालाई मस्टविनमा मिल्काएर धाराको चिसो पानीमा शिर थापिरहेँ निकै वेरसम्म । गल्ति पत्रिकाको होईन । हुँदै नभएको कुरा पत्रिकामा छापिँदैन । सँसारको हालखवर यस्तै छ त समाचार के गतिलो वताउला र ! पत्रिकाको के दोष ? सोचिरहेँ ।
धारामा शिर भिजाए पछि दिमाग केहि ठण्डा भयो । अनि वाथरुमवाट निस्किएर ‘द हिमालय पोष्ट’ हातमा लिएँ र वुलवुल पुस्तक सदनमा पसेँ । अगाडि भित्तामा पर्धा भित्र वुलवुलको तस्विर छ भन्ने कुराको वोध हुन्छ फेरि । कपडा हटाएर उसको तस्विरलाई फेरि केहि वेर हेरिरहेँ । तस्विरलाई फेरि यथास्थितिमै रहन दिएँ र मेचमा वसेँ । कुर्चीमा वसेँ । ‘च¥याक्क’ आवाज आउँछ । त्यसपछि ‘द हिमालय पोष्ट’को आजको अड्ढ पल्टाउन थालेँ । २१ सेप्टेम्वर ‘विश्व शान्ति दिवश’को अवशरमा लेखेको वुधवारको साप्ताहिक स्तम्भ ‘युवा वहस’मा मेरो लेख देखेँ । सम्पादकले कति काँटछाँट ग¥यो ? हेर्न चाहेँ । फोटो उहि थियो, पावरवाला तर साधा चश्मा लगाएको फोटो ।
(यहि बर्ष प्रकाशनको तयारीमा रहेको पृथी छक बुढाको बुलबुल उपन्यासको अंशबाट)
प्रतिक्रिया दिनुहोस