पक्राउ परेका सम्पादक चन्दलाई प्रहरीले सर्वाेच्च अदालतमा पेश गर्यो


मङ्सिर २०, काठमाडौं । पक्राउ परेका पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले अाज सर्वाेच्च अदालतमा पेश गरेकाे छ । बन्दी प्रत्यक्षीकरणकाे रिटमा सुनुवाई गर्दै सर्वाेच्चले बाटाेकाे म्याद बाहेक २४ घण्टाभित्र उपस्थित गराउन अादेश दिएकाे थियाे।

तस्बिर: सर्बोच्च अदालत परिसरमा

गैरकानुनी थुनामा राखिएकाे भन्दै चन्दका भाइ रमेश डाँगीले अाईतबार बन्दी प्रत्यक्षीकरणकाे मुद्दा दायर गरेका थिए । रिटमा गृहमन्त्रालयलाई विपक्षी बनाईएको छ ।

पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुस्प कमल दाहाल ‘प्रचण्ड’को बिषयमा अफवाह फैलाउने समाचार लेखेको अरोपमा मंसिर ११ गते काठमाण्डौंको मनमैजुबाट महानगरीय अपराध महाशाखाले चन्दलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस् 

पक्राउ परेका पत्रकार चन्दलाई झुन्ड्याइ देउ प्रचण्ड कामरेड: पुर्ब बटालियन कमाण्डर ‘टाइगर’

२०७५ मंसिर २०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको