मङ्सिर २०, चितवन । सुकुम्बासी ३३ बर्षीय बिरमान महर्जन गत बैशाख २३ गते नारायणघाट चितवनमा आफ्नै कोठामा सुति रहेको अवस्थामा चिनजानकै साथी मार्फत एसिड प्रहारबाट गम्भीर घाईते भए । एसिड प्रहारबाट उनको अनुहार सहित शरीरको ३० प्रतिशत भाग जल्यो ।
महर्जनको राजधानी स्थित कृतिपुर अस्पतालमा उपचार भयो । सामान्य परिवारमा जन्मेका बिरमान महर्जनलाई उपचारका लागि आर्थिक समस्या भएपछी उनको भाइ र आफन्तले आर्थिक सहयोगको याचना गरे ।
उनीहरुको याचना नेपालमै रहेकी समाजसेवी खुसि राईले सुनिन र युकेमा रहेकि चर्चित समाजसेवी इशा गुरुङ संग समन्वयगरि आर्थिक अभियानमा जुटे र देश बिदेशमा रहेका सहयोगी मनहरुको आर्थिक सहयोगमा २ लाख ४५ हजार सहयोग उठ्यो र पिडित महर्जनको उपचार भयो ।
तिनै बिरमान महर्जनले समाजसेवी इशा गुरुङ र खुसि राईलाई, ‘दिदीहरु मेरा भगवान हुन’ भन्दै उनीहरुको आकृति आफ्नो शरीरमा ट्याटो हानेर सजाए र दिदीहरुको गुणलाई जिन्दगिभरि स्मृतिमा दाखिला गरे ।
सम्भवतः एसिडले जलेर दुखेको उनको घाउमा मलम पट्टी लगाई दिने इशा गुरुङ र खुसी राईलाई उनले जिबनभर नभुल्नेगरि सम्झनामा सजाउने उनको चाहाना पुरा गरे ।
आफ्नो तस्बिर यसरि ट्याटो बनाएर सजाएको देख्दा, भावुक अनि भारी मन बोकेर युकेबाट इशा दिदीले भनिन, भाइ यो हाम्रो मानबिय दायित्व थियो । हजुर माथि ठुलो बज्रपात पर्दा हामीले थोरै सहयोग मात्र गरेका हौ । अब त्यो ट्याटु हजुर सँगै रहन्छ, जिन्दगीभर भाइ …..!
प्रतिक्रिया दिनुहोस