नेपाली चेली आकाशमा उड्दै: विकटगाउँकि साहारा राई बनिन् पाइलट, यस्तो उनको थियो पहिलो उडान


मङ्सिर २०, काठमाडौं । किरात राई समुदायकै पहिलो महिला पाइलट साहारा चाम्लिङ राई बनेकी छन् । राईले मंगलबारदेखि यति एयरलायन्सको जहाज उडाएर व्यवसायिक उडान सुरु गरेकी हुन् ।

पाइलट राईले नेपालगञ्ज-भैरहवा पहिलो उडान गरेकी छन् । उनले नेपालगञ्ज-भैरहवा दुई सिफ्ट उडान गरेकी छिन् । उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले फिलिपिन्सबाट तीन वर्षे पाइलट कोर्ष लिएकी हुन् ।

उनी समाजसेवी गेन राईकी छोरी हुन् । गेन राई किरात राई यायोक्खाका उपाध्यक्ष समेत हुन् । सामाजिक कार्यमा क्रियाशील रहँदै राईले आफ्नो छोरीको सपना पुरा भएकोमा खुसी व्यक्त गरेका छन् । ‘हाम्रो समुदायको र जिल्लाकै सिर उच्च पारेकीछन छोरीले’ समाजसेवी राईले भने ।

अाफ्नो गाउँपालिकाको बासिन्दा पहिलो पाईलट बनेर उडान भर्न थालेपछि लिम्चुम्बुङ गाउपालिकाका प्रमुख मेजर राई र उप प्रमुख रमिला राईले सामाजिक स‌जालमा सहारालाई बधाई दिदै खुसी व्यक्त गरेका छन ।

२० मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको