बिश्व फुटबलका राजा मानिने मेसी र रोनाल्डो नेपाली खेल पत्रकारको रोजाइमा परेनन्


विश्व फुटबलकै सर्वाधिक प्रतिष्ठित अवार्ड ब्यालोन डी ओर युरोपमा व्यावसायिक फुटबल खेल्ने खेलाडीले जित्दै आएका छन् । यसपटकको अवार्ड विश्व कप र रियल म्याड्रिडका लागि गरेको उच्च प्रदर्शनका आधारमा क्रोएसियाली स्टार लुका मोड्रिचले जितेका छन् ।

नेपाली खेलाडीले त्यो अवार्ड जित्ने वा मनोनयमा पर्न तत्कालका लागि सम्भव नदेखिएपनि ब्यालोन डी ओरको विजेता चुन्ने सवालमा भने नेपाली खेलकुद पत्रकारको पनि भूमिका रहने गरेको छ । विश्वका १ सय ७६ खेल पत्रकारले ब्यालोन डी ओरका मनोनयमा परेका खेलाडीलाई मत दिएका थिए ।

हरेक वर्ष फ्रान्सेली फुटबल र म्यागेजिनले दिने अवार्डका लागि हेरक देशका एक खेल पत्रकार छनोट गर्ने परम्परा छ । नेपाली खेल पत्रकारमा यसपटक कान्तिपुर दैनिकका राजु घिसिङले मतदान गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव समेत रहेका घिसिङले विश्व फुटबलमा तहल्का मच्चाई रहेका, अर्थात वर्तमान दुनियाँमा फुटबलको राजा मानिने क्रिस्टियानो रोनाल्डो र लियोन मेसीलाई आफ्नो टप ५ को रोजाईमा समेत राखेनन् ।

हरेक खेल पत्रकारले मनोनयमा परेका ५ खेलाडी अंक दिन पाउने प्रावधान थियो । जसमा शीर्ष वरियताका लागि ६, दोस्रोलाई ४, तेस्रोलाई ३, चौथो र २ र पाँचौं रोजाईका लागि १ नम्बर दिनु पर्ने थियो ।

एक दशकको रोनाल्डो र मेसीको राजलाई अन्त्य गर्ने क्रममा मोड्रिचले अवार्ड जिते । घिसिङको रोजाईमा मोड्रिच शीर्ष स्थानमा रहे । उनले दोस्रो रोजाईमा राखेका फ्रान्सेली स्टार ग्रिज्मन तेस्रोमा आएका थिए । राजुको रोजाईमा नपरेका रोनाल्डो यसपटक दोस्रो स्थानमा रहे । रोनाल्डो र मेसीले समान ५ पटक उक्त अवार्ड जितिसकेका छन् । यस्तै विश्वभरबाट गोडिनले प्राप्त गरेको एकमात्र मत नेपालबाट नै गएको थियो ।

मार्काले मतदान गर्ने हरेक खेल पत्रकारको सुचि सार्वजनिक गरेको छ । नेपाली खेलकुद पत्रकार राजु घिसिङको रोजाई यस्तो थियो ।

१. लुका मोड्रिच

२. एन्टोइन ग्रिज्मन

३. इडेेन हजार्ड

४. केलियन एमबाप्पे

५. डीएगो गोडिन

२० मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको