तीनदिने भारत भ्रमणका लागि प्रचण्ड नयाँदिल्ली प्रस्थान


भदौ २१, काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

बिहीबार दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारत प्रस्थान गर्नुअघि विमानस्थलमा प्रत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक भ्रमण नभएको स्पष्ट पारे।

तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनको सुदृढ गर्ने वातावरण बनाउनु भएको बताए ।

‘अर्को कुनै राजनीति एजेण्डा होइन । विकासको एजेण्डा र पहिले भएका सहमति र समझदारी, हिजो भारत सरकारले गरेका थुप्रै प्रतिवद्धताहरु छन्, त्यसको स्मरण गराउने विचार छ’ उनले भने, ‘चाहे संसदमा भारतका प्रधानमन्त्रीले बोल्दा भनिएका हुन्, चाहे भूकम्पको सन्दर्भमा नेपालमा गर्ने सहयोग होस् ।’

पछिल्लो पटक दुई देशका प्रधानमन्त्रीबीच भएका सहमति कार्यान्वयनबारे पनि कुराकानी गर्ने उनले बताए ।

२१ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको