साफ च्याम्पियनसिपः नेपाल भुटानसँग खेल्दै, किरण लिम्बू पहिलोपटक कप्तान


भदौ २१ ढाका । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेल नेपाल र भुटानबीच बिहीबार हुँदैछ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार अपरान्ह ४ बजे खेल हुँदै छ ।

खेलको लागि सबै तयारी पुरा भएको छ। नेपालले पहिलो खेल पाकिस्तानसँग २-१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ।

साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग जम्मा २ खेल खेलेको छ। भुटानलाई दुवै खेलमा हराएको छ। खेलअघि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटान विरुद्ध नेपालको मनोबल उच्च रहेको बताए।

२१ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको