तपाईलाई ‘लिम्बुवान’ पाउँछु छ। यहाँ तपाई ‘साधक’ हो। ‘लिम्बुवान’ पाउनुको लागि गरिने सभा, धर्ना आदि ‘साधन’ भयो भने गन्तब्यस्थल ‘लिम्बुवान’ अर्थात तपाईको लक्ष्य ‘साध्य’ भयो।
लिम्बुवान प्राप्ति नै मेरो अन्तिम ‘साध्य’ भनेर लिम्बुवान जन्यदलहरु स्थापना भए र बिना लक्ष्य प्राप्ति बिस्थापित हुनु पुगे। स्थापना हुनु कस्तो खाले ‘साध्य’ थियो । यी सबै कुरा सम्बदित दल स्थापना गर्ने र बिस्थापित हुनेहरुले भित्र मनबाट नै आत्मा आलोचना गरेर आम ‘लिम्बुवान’ नै अन्तिम ‘साध्य’ हुनु पर्छ भनेर जुन सुकै तरिकाले समर्थन गर्ने समर्थकलाई सार्बजनिक रुपमा प्रस्ट पर्नु सक्नु पर्छ । तब मात्र अनुमानित, आरोप/प्रत्यारोपको राजनीतिले मुलधारमा बग्नु सुरु गर्ने छ ।
लिम्बुवान प्राप्तिको लागि ‘साधक’ बनेर धेरै लिम्बुवान जन्य पार्टीहरु स्थापना भए थिए/छन् । हिजो दिनमा कसैले एक्लै लड्ने कोशिस गरे, ‘साध्य’ मिल्नेहरु संग पार्टी एकीकरण गरेर लड्नु जमर्को गरे, अन्तर भूगोलको विचार मिल्नेहरु संग सहकार्य गरेर लड्नु खोजे तर क्षेणिक रुपले उदाए, ओझेलमा परे र बिलाय भने केहि जीवित अवस्थामा लडि रहेका छन् । जो अस्तित्वको लागि जीवित लडाइ छ । यस पक्षलाइ कसैले नकार्नु हुन् । यसलाईलाइ साथ समर्थन/सहकार्य गर्दै आउने दिनमा अघि बढ्नु सक्ने सकेतको रुपमा लिनु पर्छ ।
लिम्बुवान प्राप्ति को लागि ‘साधक’ बनेर खोलिएका दलहरु ले ‘साध्य’ मा पुग्ने उदेश्यले धेरै प्रकारका ‘साधन’ प्रयोग गरे, ठुला ठुला जनमास सडकमा निकाले, पद यात्रा गरे, कोण सभा गरे, भोक हड्ताल गरे ,आफ्नो ‘साधक’ हैसियतले ‘साध्य’ प्राप्तिको लागि बनेका नीति, विचार, योजना आदि जन समक्ष्य प्रस्तुत गर्ने जमर्को गरे । यस्तो कार्यको परिणाम, आएको छ जुन प्रजत्नात्रिक प्रणालीको आधारमा भएको चुनाबी परिणामले ‘साधक’ ले प्रयोग गरेका ‘साधन’ ले कति ‘साध्य’ प्राप्तिको लागि काम गर्यो भन्ने प्रस्ट छ । यसमा कसैले बहस गर्नु जरुरि पर्छ जस्तो लाग्दैन तर ‘साधन’ ले आफ्नो कामको समिक्षा गर्नु जरुरि छ ।
अहिले सम्म लिम्बुवान प्राप्तिको लागि बनेका ‘साधक’ (राजनीतिक दल)हरु राजनीतिमा लक्ष्य प्राप्तिको लागि आरोप/ प्रत्यारोपको घृणित राजनीति मात्र गर्ने कि ? ‘साध्य’ प्राप्तिको लागि रानीतिक राजनीति को सुरुवात गर्ने ? भन्ने कुरा आउने दिनमा कुनै पनि लिम्बुवान जन्यदलहरुको सोच र कार्य योजनामा भर पर्छ । यो समयलाइ लक्ष्य प्राप्तिको लागि सहि सदुपयोग गर्ने गरि योजना बद्ध रणनीतिहरु जसले बनाउनु सक्छ, उनीहरु नै नेतृत्वको लागि दाबेदार बन्नु सक्छन र परिक्षा पास हुनेछन।
प्रदेश न १ को नामकरणको सवालमा लिम्बुवान नै हुनु पर्छ भन्ने ‘साधक’ हरु जिर्ण छन् । आफैमा बेमेल छन् जसको प्रतिफल राज्य सत्ताले लिएको छ । राज्य सत्ता संग शक्ति छ । शक्ति को आधारमा चुनाब गरायो । चुनाबले राज्य सत्ताको सामर्थ्यलाइ मजबुत बनाएको छ । सबिधानमा बनायो १४ जिल्लालाइ प्रदेश न १ को नामाकरण गर्यो र सबिधानमा उल्लेख गरेको छ । प्रदेशको नामकरण प्रदेश सभाको उपस्थित बहुमतले गर्ने छ । यसबाट के प्रस्ट हुन्छ भने राज्य बलियो भएको छ । राज्य संग शक्ति र सामर्थ्य छ अब भावनाको राजनीति गर्ने पक्षमा छैन ।
अर्को तर्फ राज्यले बलियो कुटनीति खेलेको छ । जस्तै ९ जिल्लालाई लिम्बुवान नामाकरण गर भन्दै लड्ने एक पक्ष छन् भने ९ जिल्लामा अन्य ५ जिल्ला थप गरेर १४ जिल्लाको प्रदेश बनाई इतिहासको काल खण्ड देखि नै भिन्न पहिचानले स्थापति भएको चितनलाइ गोलमा टोल गरे, फुटाउ र राज गरे भन्ने सिद्दान्त आधारित जालहरु बिछ्याएको छ । यसलाई साधकहरुले गम्भीर रुपमा अध्यन गर्नु सक्नु पर्छ ।
यदि अब पहिचानको लागि नै गोलबद्ध हुने हो भने कुनै पनि समुदायको बहुमत रहेको ठाउमा त्यहि समुदायलाई भिडाएर चुनाबी सिटको सख्या पुरा गर्ने केन्द्रिय राजनीतिक दलहरु सोचलाइ नजर अन्दाज गर्दै मुद्दाको वकालत गर्नु र कार्यन गर्नु सक्ने व्यक्तिलाइ त्यो समुदायले जिताउनु पर्छ । यसमा पार्टी हूविप, नाताबाद/कृपाबाद र आर्थिक प्रलोभनबाट टाडा रहनु सक्ने चेतनाको बिकाश ‘लिम्बुवान’ पाउँछु छ भन्ने त ‘साधक’ ले सोहि प्रकारको ‘साधन’ प्रयोग गरे ‘साध्य’ प्राप्तिको रणनीतिक राजनीति गर्नु सक्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस