भदौ २१, काठमाडौं । तिन बर्ष अघि महाभुकुम्प जाँदा स्वयम विप्लवको नेतृत्वमा नेकपाले उद्दार गरेको थियो । उक्त समयमा खिचिएको विप्लव सहित उद्दार टिमको तस्बिर हाल शैन्य तालिममा सहभागी भएको तस्बिर भनेर बाहिरिएको छ ।
केहिदिन अघि प्रहरी द्वारा गिरफ्तार भएकी उमा भुजेलले उक्त तस्बिर २०१५ मे ९ तारिखका दिन ‘बारपाकमा जनसेवा र उद्दारमा रहेको टिमलाई निर्देशन दिंदै महासचिव का. बिल्पब’ भन्ने स्टाटस सहित आफ्नो फेसबुकमा पोष्ट गरेकी थिइन ।
सोहि तस्बिरलाई ‘सैन्य तालिम गराउने क्रममा बिप्लव, प्रकाण्ड सहितका नेता’ भन्दै केहि अनलाइन मिडियाले ‘दाङकाे बम विस्फाेट देउवा लक्षित खुलासा, प्रकाण्डलार्इ अर्काे मुद्धाकाे तयारी, विप्लवकाे खाेजी’ शीर्षकमा बुधबार समाचार प्रकाशन गरेका थिए।
उक्त समाचार र फाेटाहरुबीच कुनै साइनाे र सम्वन्ध नभएको नेकपाले जनाएको छ।
यस्ता समाचार प्रकाशित भएपछि विप्लव नेकपाका एक नेताले अाश्चार्य व्यक्त गरेका छन्। सैन्य तालिममा विप्लव प्रकाण्डसहितका नेताहरू भनेर जुन तस्बिर राखिएकाे छ, ती तस्बीरहरू कुनै सैन्य तालिममा खिचिएकाे तस्बिर नभई, अाजभन्दा तीनवर्ष अगाडि महाभुकम्प अाएकाे बेला महासचिव विप्लव र प्रकाण्डसहितका नेताहरू गाेरखाकाे बारपाक जाने क्रममा खिचिएका तस्बीरहरू हुन् नेकपाका एक नेताले प्रतिक्रिया दिए।
समाचार लेख्दा व्यवसायिक मिडियाहरूले दुर्इतिर बुझेर मात्र समाचार लेख्ने गरे धर्म हुन्छ । तर याे समाचार पुरै विप्लव नेकपालार्इ भड्काएर राज्यलार्इ उक्साउने खालकाे छ, उनको भनाइ थियो।
‘व्यवसायिक मिडियाले समाचार लेख्दा कमसेकम अाफ्नाे न्युनतम धर्म त पूरा गर्नुपर्छ नि’, विप्लव नेकपाका एक नेताले भने, ‘याे समाचार र फाेटाबीच कुनै साइनाे र सम्वन्ध छैन ।’ याे समाचार पितकारिताकाे चरम रूप भन्दै ती नेताले यस्ता समाचार लेख्ने मिडिया र पत्रकारलार्इ कानुनकाे दायरामा लिनुपर्ने समेत बताएका छन्।
तर यदि अनलाइनहरुले स्रोतकै आधारमा सत्य खबर लेखेका हुन् भनेपनि राज्य बिप्लवको गतिविधि देखि नै आतंकित भएर पूर्ण भ्रमित भएको अनुमान गर्न सकिन्छ, नेकपा एक नेताले पोष्ट पाटीलाई भने । उनले भने सायद प्रहरीले प्रकाण्डबाट भेटाएका यिनै फोटाहरुलाई दस्तावेज भन्दै शैन्य तालिम भनेर बुझ्ने गृहमन्त्रालय र त्यस अन्तर्गतको प्रसासन अनि राज्य नै भ्रमित भएर अत्तालिएको हुनुपर्छ।
उनको भनाइलाई आधार मान्ने हो भने, विप्लवको फोटो समेत देखेर सरकार तर्सिएको सत्य मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस