पहिराेमा परि मृत्यु भएका बालबालिकाकाे परिवारलार्इ नेकपा सल्यानकाे सहयाेग


भदौ २०, सल्यान । सल्यान बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिराेबाट ज्यान गुमाउने बालबालिकाकाे परिवारलार्इ विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानले राहत सहयाेग गरेकाे छ ।

भदाै १७ गते बेलुका अविरल वर्षा पछि आएको पहिरोले स्थानीय बालाराम डाँगीको घर पहिरो भत्किदा उनका ३ छाेराछाेरीकाे ज्यान गएपछि पीडित परिवारलार्इ राहत स्वरुप उक्त पार्टीले बुधबार २७ हजार नगत सहयाेग गरेकाे हाे ।

नेकपाका जिल्ला सेक्रेटरी लाेक्पाल केसीकाे नेतृत्वमा घटनास्थलमा पुगेकाे टाेलीले मृतक तिन बालबालिकाका अामाबुबालार्इ राहत रकम दिएका हुन् ।

राहत दिन पार्टीका जिल्ला सेक्रेटरी लाेक्पाल केसी, जिल्ला सदस्य माेहन पुरुष, टाेप बहादुर केसी, बलदेव पुन, क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसी लगाएत पुगेका थिए ।

उनिहरुले जिल्लामा भएका अन्य प्राकृतिक विपत्तीमा ज्यान गुमाउनेका पीडित परिवारलार्इ अार्थिक सहयाेग तथा भाैतिक निर्माणमा लाग्ने बताएका छन् ।

२१ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको