कोटिन्होको १ सय ६० मिलियनको ‘डिल विवरण’ लिक


एजेन्सी, पुस २२

स्पेनिस बार्सिलोना र इंग्लिस क्लब लिभरपुलबीच ब्राजिलियन स्टार फिलिपे कोटिन्हो किनबेचका लागि अन्तिम सहमति हुन लागेको भनिएको छ । दुवै क्लबले हालसम्म यसबारे औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

तर, ‘स्पोर्ट’का अनुसार बार्सिलोनाले कोटिन्होसँग गर्न लागेको डिलको विवरण ‘लिक’ भएको खबर छ । समाचारमा जनाइएअनुसार लिक भएको विवरणमा बार्सिलोनाले कोटिन्होलाई जनवरीमा अनुबन्ध गर्ने गरी १ सय ६० मिलिनय युरो खर्चने छ ।

जसमा १ सय २० मिलियन अनुबन्ध रकम हुनेछ । त्यस्तै, ४० मिलियन अतिरिक्त तथा तथा सम्भावित बोनस शीर्षकमा सम्झौता हुनेछ ।

बोनसबापत दिने भनिएको ४० मिलियनमध्ये ३० मिलियन कोटिन्होले बार्सिलोनामा गर्ने प्रदर्शन र क्लबका उपलब्धिका आधारमा दिइने भनिएको छ । बाँकी १० मिलियन अन्य भनिएको छ ।

यसअघि लिभरपुल र बार्सिलोनाबीच कोटिन्होका लागि १ सय ५० मिलियन युरोको सम्झौता हुन लागेको खबर आएको थियो । तर, लिक भएको विवरणअनुसार कूल १ सय ६० मिलियन युरो रहने खुलेको छ ।

अब १ सय ६० मिलियन युरोमा कोटिन्होसँग सम्झौता भए उनी विश्वकै सर्वाधिक तेस्रो महँगो खेलाडी हुनेछन् । उनी यसै सिजन बार्सिलोना छाडेर पिएसजी गएका नेइमार र पिएसजीकै केलियन एमबाप्पेपछिका महँगा खेलाडी बन्नेछन् ।

तर, यो खबर बनाउँदासम्म बार्सिलोना र लिभरपुलबीच अन्तिम सम्झौता भइसकेको छैन । मोटामोटी सम्झौताको खाका तयार भएको भनिए पनि बार्सिलोनाले कोटिन्होलाई कहिले औपचारिक रूपमा रिलिज गर्छ भन्नेबारे टुंगो लागिसकेको छैन ।

२०७४ पुष २२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको