मुसो मरेको शोकमा १२ वर्षीया बालिकाले दिइन् ज्यान


एजेन्सी: घरपालुवा जनावर कुकुर-बिरालोलार्इ मानिसले धेरै नै माया गर्छन् । तर मुसासँगको अगाध प्रेमले एकजना बालिकाले ज्यानै दिएकी छन् ।

यस्तै घटना भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालबाट सार्वजनिक भएको छ। एक अबोध बालिकाले आफ्नो घरपालुवा सेतो मुसो मरेको शोकमा आत्महत्या नै गरेकी छन् ।

भोपालको अयोध्या नगरमा एक १२ वर्षीय स्कुले छात्राले आफ्नो घरपालुवा सेतो मुसोको मृत्युपछि शोकमग्न भएर घरमै पासो लगाएर झुन्डिइ आत्महत्या गरेकी हुन् ।

अयोध्या नगर पुलिस थाना प्रभारी बलजीत सिंहले भने, ‘घरमा पालेको सेतो मुसो मरेपछि दु:खी भएकी दिव्यांशी राठौरले शुक्रबार आफ्नै घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । उनी सहरको अयोध्या नगर इलाकास्थित सुरभी विहार परिसरमा बस्थिन् । दिव्यांशी सेन्ट पल स्कुलमा ७ कक्षाकी छात्रा थिइन् ।’

सिंहका अनुसार दिव्यांशीका परिवारजनका अनुसार यो मुसालार्इ चार-पाँच दिनअघि उनका पिता महेन्द्र सिंह राठौरले लिएर आएका थिए । उनी केही दिनमै यो मुसासँग घुलमिल भएकी थिइन् । शुक्रबार बिहान यो मुसो मरेको थियो । जसका कारण उनी धेरै उदाश र शोकमग्न भएकी थिइन् । सिंहका अनुसार उनले झुन्डिनुअघि उनले आफ्नो घरको आँगनमा बनेको क्यारीमा यस मुसालार्इ गाडेपछि फूल चढाएर श्रद्धाञ्जली पनि दिएकी थिइन् ।

सिंहले बताए अनुसार मुसालार्इ गाडेपछि उनी आफ्नो कोठामा गएकी थिइन् । कोठामा पसेकी उनी लामो समयसम्म निस्केकी थिइनन् । दिव्यांशी ननिस्केपछि उनकी आमा कोठामा पस्न खोजिन् तर कोठाको भित्रबाट चुकुल लगाइएको थियो ।

त्यसपछि उनले ठुलो आवाजले छोरीलार्इ बोलाइन् । तर दिव्यांशीले कुनै प्रतिक्रिया दिइनन् । छोरी भित्रबाट नबोलेपछि छिमेकीलार्इ बोलाएर ढोका फोडी भित्र पस्दा दिव्यांशले झुन्डिएर ज्यान दिइसकेकी थिइन् ।

२२ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको