जब उत्तर कोरियाकै सहरमा खस्यो शक्तिशाली मिसाइल


एजेन्सी : परमाणु कार्यक्रमबाट विश्वलाई चिन्तित बनाइरहेको उत्तर कोरियाले एक पटक आफ्नै मिसाइलको शिकार हुनुपरेको छ। उत्तर कोरियाको एक मिसाइल परीक्षण गलत हुन पुग्दा एउटा मिसाइल उसैक आफ्नो सहरमा बजारिनन पुगेको थियो ।

‘द डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एक विश्लेषणमा यस घटनाबारेमा बताइएको छ । यस विश्लेषणलाई सम्पादक अंकित पाण्डा र अमेरिकाका जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफरेशन स्टडिजका रिसर्चर डेभ सिजमर्लरले तयार गरेका हुन् ।

अमेरिकी सरकारको सुत्रका अनुसार त्यो मिसाइलको परीक्षण सही ढं‌गबाट हुन नसकेपछि नियन्त्रण बाहिर गएर उत्तर कोरियाकै सहरमा खस्न पुगेको थियो ।

बीबीसीसँग कुरा गर्दै अंकित पाण्डाले भनेका छन्, ‘त्यो मिसाइलमा भएको गडबडीबारे अझैसम्म पत्ता लाग्न सकेको छैन ।’

‘जुन समय मिसाइल लन्चका लागि तयार गरिएको थियो, त्यही बेला इन्जिनले काम गर्न बन्द गरेको थियो । त्यही कारण मिसाइल सफलतापूर्वक आफ्नो क्षेत्रबाट बाहिर जानै सकेन ।’

पाण्डाले अगाडि भनेका छन्, ‘तपाईँले बुझ्नुपर्ने कुरा भनेको मिसाइलमा लिक्विड फ्युल हुन्छ । यसको मतलव यदि मिसाइल दुर्घटनामा पर्‍यो भने ठुलो आवाजसहित विस्फोट हुन्छ । यसको प्रमाण हामीले स्याटेलाइटबाट प्राप्त गरेको तस्बिरबाट हेर्न सकिन्छ ।’

मिसाइल परीक्षणका क्रममा किम जोङ्ग उन । तस्बिर: एजेन्सी

स्याटेलाइट तस्विरको आधारमा यस मिसाइलको असफल परीक्षणबाट कति क्षति भयो भन्ने अनुमान गर्न कठिन छ । यो मिसाइल टोकचोन शहरमा खसेको थियो ।

डेभ सिजमर्लरले बताए अनुसार असफल परीक्षणपछि जहाँ मिसाइल खसेको थियो, त्यहाँ गहिरो र कालो दाग लागेको खाडल नै देख्न सकिन्थ्यो ।

अन्य बेला जस्तै यस परीक्षणबारेमा प्योङ्गयाङ्गले केही पनि भनेको छैन । अर्कातिर अन्तरराष्ट्रिय समुदायले भने लगातार यसको आलोचना पनि गरेका छन् ।

ह्वासोङ्ग-१२ नामको यो एक मध्यम दुरीको मिसाइल थियो । गत अप्रिलमा असफल भएपछि त्यसपछि मे मा यस मिसाइलको फेरि परीक्षण गरियो । त्यसबेला भने यो मिसाइल सफल भएको थियो ।

लगातार परमाणु परीक्षण गरेका कारण उत्तर कोरियाको विश्व समुदायमा कडा आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाईज ध्वस्त बनाउने धम्कीसम्म दिए । अमेरिकाकै प्रस्तावमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले उसमाथि आर्थिक प्रतिबन्ध पनि लगाएको छ।

तर फेरि पनि उत्तर कोरियाको तर्फबाट हुने परमाणु परीक्षणमा कुनै कमी आएको छैन । नोभेम्बरमा उसले आफ्नो अन्तरमहादेशीय मिसाइलको परीक्षण गरेपछि अब आफ्नो पकडमा अमेरिकाको सबै भूगोल आएको दाबी गरेको थियो ।

नयाँ वर्षको शुरुवातमा उत्तर कोरियाली शासक किम जोङ्ग उनले परमाणु बमको बटन आफ्नै डेस्कमा राखेको बताएका थिए । यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूसँग झन ठुलो परमाणु बमको बटन रहेको जबाफ दिएका थिए ।

अन्नपुर्ण पोष्टबाट

२२ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको