भारतीय चर्चित कमेडीएन डा. गुलाटीले सोल्टी होटलमा देखाए ‘काला जादू’, यसरि हसाए (भिडियो)


छिमेकी भारतका चर्चित रियालिटी शो ‘द कपील शर्मा शो’बाट चर्चामा आएका चर्चित भारतीय कमेडियन तथा अभिनेता सुनिल ग्रोवर अर्थात्, ‘डा. महशुर गुलटी’ काठमाडौंमा आएका गुलाटीले सोल्टी होटलमा देखाए ‘काला जादू’ नामक प्रस्तुति देखाएका छन्  ।

यहि बिहीवार काठमाडौंको पाँच तारे सोल्टी होटलमा कर्पोरेट शोमा ‘काला जादू’ प्रस्तुति दिएका थिए ।

नेपालमा आए लगत्तै उनी पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका थिए भने उनले पशुपतिमा एक बाबासँग उभिएको तस्विर पनी खिचे । उक्त तस्विर उनले आफ्नो आधिकारीक इन्स्टाग्राममा पनी राखेका छन् ।

बाबासँगको सो तस्विरमा उनको निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला लाएको पनी देख्न सकिन्छ । बिहिबारको ‘भीआईपी शो’मा ग्रोवरसँगै नेपाली कलाकार गायक हेमन्त राना र नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

काठमाडौ आएका सुनिल ग्रोवर (गुथ्थी)ले सोल्टीमा देखाए ‘काला जादु’। हेर्नुस रमाइलो भिडियो

हेर्नुहोस उनको जादुमय भिडियो !

***

यो पनि पढ्नुहोस 

नेपाल आइडलपछि इन्दिराले मोहोनी लिएर आइन

गायनमा आधारित रियालिटी सो ‘नेपाल आइडल’ मा निर्णायकको रूपमा सहभागी भएपछि गायिका इन्दिरा जोशीले पहिलो पटक नयाँ गीत लिएर श्रोतामाझ आएकी छन्। अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरूको ‘मोहनी’ शीर्षकको गीत उनले गाएकी हुन्। पप शैलीको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको संगीत छ।

शैलेन्द्रबाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो। यो गीतको म्युजिक भिडियो पनि मंगलबार नै सार्वजनिक भएको छ।

अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने अनिशा के क्षत्रीले गरेकी हुन्। भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन्। भिडियोमा दीपले प्रेमिकालाई बेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षाले प्रेमीलाई फकाउने शैलीको अभिनय गरेकी छन्।

सुशील न्यौपानेद्वारा सम्पादन गरिएको भिडियोलाई टकिज प्रे तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन्। मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

२२ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको