ओलीभन्दा संघीयताको पक्षमा काम गरेका लिडर प्रचण्ड प्रधानमन्त्री हुँदा राम्रोः अनिल झा


राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले मधेसका लागि एमाले अध्यक्ष केपी ओलीभन्दा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबन्दा राम्रो हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा राजपा अध्यक्ष मण्डलका सदस्य झाले भने, ‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता, समावेशी-समानुपातिकको पक्षमा काम गरेको लिडर प्रचण्ड हो । उहाँ नै प्रधानमन्त्रीबन्दा राम्रो ।’

ओलीभन्दा प्रचण्ड नै उदार नेता भएको उनले बताए । खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाइ थियो ।

राजपा नेता झाले वर्तमान सरकारले ढिलो नगरी प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने बताए । भने, ‘हामीले तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं ।’

उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको जिकिर गरे । यद्यपि समर्थन दिन सक्ने संकेत गरे । उनले भने, ‘हाम्रो मत भनेको फोरमसँग मिलेर प्रदेश २ मा सरकार बनाउने र संविधान संशोधनका लागि संघर्ष गर्ने हो ।’

प्रदेश २ को राजधानी जनकपुर कि वीरगञ्ज भन्ने प्रश्नमा राजपा नतेा झाले भने, ‘यो काम सरकारको हो । दुईतिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं ।’

२०७४ पुष २२ गते प्रकाशित

अनलाइन खबर

२२ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको