यसरि मनाए तमुहरुले युएईमा आफ्नो ल्होसार, पत्रकार उमाकान्त पाण्डे सम्मानित


युएई, तमु समाज युएईले आफ्नो मौलिक पर्व खि ल्होसार तथा समाजको २० औं वार्षिकोत्सव एकै साथ अबुधावीमा भब्य मनाएको छ । तमुहरुको नयाँ बर्ष पुस १५ मा सुरु हुने भएपनि देश बाहिर युएईमा रहने तमुहरुले आफ्नो छुट्टीमा अनुकुल मिलाई एक हप्ता ढिलोगरि बिशेष रुपमा मनाएको हो ।

तमु ल्होसारलाई बिशेष बनाउन चर्चित लोक गायक राजु गुरुङ र गुरुङ चलचित्र नायिका भारती घलेको उपस्थिति रहेको थियो । चर्चित लोक गायक गुरुङले सालैजु ,झ्याउरे तथा तितेकरेलीले बोलको चर्चित गीत गाएर दर्शकलाई मनोरन्जन दिएका थिए ।

गुरुङ पात्रो अनुसार जम्मा १२ बर्षको एक वर्ग चक्र हुन्छ । हरेक वर्ष मुसा, गाइ, बाघ, बिरालो, गरुड, सर्प घोडा, भेडा, बादर, चरा, कुकुर र मृग वर्ग फेरिन्छ । यस पटक चरा वर्गबाट कुकुर वर्गमा प्रवेश गरेको अवसरमा तमु खि ल्हो ल्होसार मनाएको समाजकी अध्यक्ष उशा तमुले  जानकारी दिनुभयो ।

कार्यक्रममा तमु समुदायको भेषभुषामा सजिएका व्यक्तिहरुले झाँकी प्रदर्शन गरेका थिए ।

नेपाली दूतावास आबुधाबीका कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाली समाज, आदिवासी जनजाती महासंघ, व्यावसायी तथा बिभिन्न संघसस्थाका प्रतिनिधीको उपस्थिती थियो ।

 

पत्रकार उमाकान्त लगायत समाजसेवीहरु तमु समाज युएई द्वारा सम्मानित

एक दशकदेखि युएईमा पत्रकारिता गर्दै आएका पत्रकार उमाकान्त पाण्डे युएईमा सम्मानित भएका छन् । अन्यायमा परेका नेपाली कामदारका विषय तथा आम नेपाली समुदायका गतिविधी पत्रकारिता मार्फत उठाउन योगदान दिएको भन्दै पाण्डेलाई तमु समाज युएईले सम्मान गरेको हो ।

तमु समाज युएईको २० औं वार्षिक उत्सव तथा खि ल्होसार मनाउन आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । पाण्डेलाई नेपाली दूतावास आबुधाबीका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पाशाङ शेर्पा तथा तमु समाज युएईकी अध्यक्ष उषा तमुले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।

केहि समय पहिले युएईमा रहेका पिडितको पक्षमा कलम चलाउदा कार्यवाहक राजदूत टन्डनले पाण्डे लगायतका युएईका पत्रकारहरुलाई पित पत्रकारिताको संज्ञा दिएका थिए, तर यसपाली भने कार्यवाहक राजदूत टन्डनले सम्मानपत्र प्रदान गर्दै सक्रिय रुपमा सन्तुलित पत्रकारिता गरिरहेको भन्दै पाण्डेको प्रशंसा गरेका थिए ।

कार्यक्रममा समाजमा दुई दशक योगदान गरेको भन्दै तमु समाजका संस्थापक सदस्य तथा नेपाली समाज युएईका पुर्व अध्यक्ष यम तमु र राजु तमुलाई ताम्रपत्रले सम्मान गरिएको थियो ।

यस्तै हिमालयन एयरलाइन्सका युएई प्रतिनिधि तथा ग्रीनलाइन ट्राभल्सका संचालक ठाकुर ढुङगाना, गाउँगाउँमा कम्युटर शिक्षा अभियान चलाइरहेका धादिङका अभियान्ता भुवन गुरुङ, लोकगायक राजु गुरुङ तथा गुरुङ भाषाको चलचित्रकी नायिका भारती घले र समाजका सदस्य रविन्द्र तमुलाई पनि सम्मान गरिएको थियो ।

२२ पुष २०७४ गते प्रकाशित

२२ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको