बार्सिलोनाका अर्जेन्टिनी स्टार फरवार्ड लिओनल मेस्सीले केही समयअघि भएको क्लबसँगको सम्झौतामा आफूले सित्तैमा बार्सिलोना छाड्न पाउनुपर्ने सर्त राखेको खुलासा भएको छ । यो खेलासा स्पेनिस पत्रिका ‘एल मुन्डो’ गरेको हो ।
यदि काटालोनिया स्पेनबाट स्वतन्त्र भएर अलग भएको खण्डमा बार्सिलोना ला लिगाबाट आउट हुने अवस्था आउन सक्छ । यदि त्यसो भएको खण्डमा मेस्सीले ‘फ्री एजेन्ट’का रूपमा अन्य क्लबमा अनुबन्ध हुन पाउने गोप्य सर्त नयाँ सम्झौतामा भएको खरमा दाबी गरिएको छ ।
स्मरण रहोस्, बार्सिलोना ला लिगाबाट भिन्न भएर युरोपको शीर्ष पाँच लिगमा समावेश नभएको खण्डमा मेस्सी र बार्सिलोनाबीचको सम्झौता स्वगत खारेज हुनेछ । र, यो कुरामा मेस्सी र क्लब दुवै सहमत भएको पनि खबरमा दाबी गरिएको छ ।
नयाँ सम्झौताअनुसार मेस्सी २०२१ सम्मा बार्सिलोनामा रहेछन् । पछिल्लो सम्झौतामामा बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेको छ ।
यस्तो बेला सामान्य अवस्थामा अब मेस्सीलाई किन्न चाहने क्लबले ७ सय मिलियन युरो खर्चनुपर्ने हुन्छ । तर, बार्सिलोना ला लिगाबाट अलग भएर युरोपको शिर्ष पाँच लिगमा नरहने अवस्था आएको खण्डमा मेस्सी सित्तमै अन्य क्लबमा जान पाउनेछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस