जीवन एउटा यात्रा रहेछ। यहि यात्राको क्रममा धेरै वसन्त पार गर्दै अगाडि बढ्ने क्रम जारि छ, यहि रुपमा अनेकौं मानिसहरु संग भेट हुदो रहेछ तर पनि कोहि यस्ता मान्छे पनि भेट हुदोरहेछ जो अाफ्नै त हुदैनन् तर पनि किन हो सारै अात्मियता हुन्छ, कहि कतै देख्न साथ अाफ्नै अाभास हुन्छ मानौ कि लाखौ माइल को यात्रा पार गरि गन्तव्य मा पुगे जस्तै। कहाँ बाट मन नै पग्लिएर अाउने, सधैका अाफ्नै वरिपरि भइदिए हुन्थ्यो झै लाग्छ।
सायद मैले यो भनी रहदा केही अलमल भयो नै होला। हो म यहि भन्दै छु, मैले यो मनमा कसैलाई राख्न पुगेछु, थाहा छैन हामी विचमा के सम्बन्ध छ तर यस्लाई साईनोको रुप दिदैछु, जुन दिन हाम्रो भेट भयो कोहि जिवनमा पाएझै भएको छ मलाई । मेरो मनले के अर्थ लगाए दिन प्रतिदिन तिमी प्रति मन अाक्रशित एवं लालायित हुन पुग्यो, साथमा साथ दिएर वा मेरा भावनात्मक कुरालाई तिमी ले पनि अाफ्नै झै गरिएकाले हो थाहा छैन यो मनमा तिमीले बाँस गरेको पतै भएन।
थाहा छैन यो प्रेम पत्रलाई तिमीले कसरी कुन रुपमा लिनेछौ तर अाजमा यो पत्र कोर्न बाध्य भए, धैर्यताका बाध यसरी फुटे कि जसरी ज्वालामुखी विस्पोट हुदा निस्कने ज्वारभाटा झै यो मनका भावना लाई यो पत्र मार्फत उतार्न बाध्य पार्यो, हो म तिमीलाई मन पराउन थाली सकेछु, तिमीलाई माया गरि अाफ्नो ठानी सकेछु।
दिन दिनै हाम्रो मायाको कल्पनामा डुब्ने गरेको छु, मायामा त संसार अडिएको छ भन्छन, तर मेरो संसार अड्याउन तिमीलाई रोजेको छु । हुन पनि हो यहि माया ले धेरैलाई जिउने सास दिएको छ त कसैलाई लास बनाएको छ तर माया ले सधै सकारात्मक उत्प्रेरणा लिएर हरेक सम्बन्ध मजबुत बनाएको छ। म त्यहि सम्बन्ध को नाम दिन चाहन्छु।
हामी बिचको अदृश्य बन्धनलाई मजबुत बनाउन र मायालाई पुणर्ता दिन चाहेको छु। माया अाफैमा एक अाभाष हो जहाँ विश्वास अघि बढाउदछ,सधै साथ दिन्छ हो त्यहि साथ र विस्वास तिमीमा चाहन्छु ।
वरिष्ठ साहित्यकार सेक्सपियरले भनेका थिए”everything fear love and war” भ्यालेनटाईनले त अाफ्नो ज्यान नै दिए त्यहीँ मायामा, मैले यो प्रेम पत्र कोरेर सहि गरे वा गलत मलाई थाहा छैन तर यी सबै जायज छन्, यहि कुरालाई मैले मान्न पुगे र तिमीबाट सकारात्मक उत्तर अाउने छ भन्ने अपेक्षा गर्दै तिम्रो प्रेम पत्रको प्रतीक्षामा रहने छु।।
उहीँ तिमीलाई माया गर्ने
दुर्गा रिजाल
प्रतिक्रिया दिनुहोस