मङ्सिर १९, काठमाडौं । मखमली स्वरकी धनि चर्चित गायिका अन्जु पन्त एक समाजसेवी पनि हुन् । डेढ बर्ष अघि देखि सन्चालनमा आएको गायिका पन्तको ‘अन्जु पन्त फाउन्डेसन’ गरिब दुखिहरुको सेवामा जुटेको छ ।
सानैदेखि अरूलाई सहयोग गर्न मनपराउने गायिका पन्तले विशेषगरी भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी हुन्छिन ।
उनि अहिले २७औं अन्तर्राष्ट्रिय अपांगता दिवशको अबसरपारी तराईका बिभिन्न ठाउमा सहयोग कार्यक्रम लिएर भ्रमणमा रहेकी छन् ।
यहि क्रममा मङ्सिर १६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० वटा कपी, ४०० वटा इरेजर, १०० वटा कटर तथा चकलेट र बिस्कुटहरू आफै उपस्थित भएर वितरण गरेकी छन। यसरि नै मङ्सिर १७ गते पर्सा महुवनरामनगरिया अपाङ्ग आश्रममा २० जनाका लागि २० वटा सिरक र चकलेट/बिस्कुटहरू वितरण गरेको जनाएकी छन।
यसरि दैनिक तालिका बनाएर सहयोग भ्रमणमा हिडेकी पन्तले मङ्सिर १८ गते सर्लाही चन्द्रनगर गाउपालिका २ मुसहरी टोलका वालवालिकाहरूलाई ५५ वटा ब्याग, २२० वटा कापी, ५५ वटा पेन्सिल, ५५ वटा कटर, ५५ वटा इरेजर तथा चकलेट बिस्कुटहरू सहयोग गरेकी छन् ।
आगामी दिनको लागि पनि अन्जु पन्तले सहयोग कार्यक्रमको तालिका बनाएकी छन् ।
मकवानपुरको खैराङ चेपाङवस्तीका वालवालिकाहरूका लागि १५० वटा ब्याग, १५० वटा पेन्सिल, ६०० वटा कापी, १५० वटा इरेजर, १५० वटा कटर, तथा विस्कुट चकलेटहरू वितरण गर्ने कार्यक्रम रहेको अन्जु पन्तले बताएकी छन् । पर्साको बेलाउ गाउँक्को मुसहर वस्तीमा पनि सहयोग गर्ने बताएकी छन् ।
त्यसैगरी भक्तपुरमा मानव कल्याण अाश्रमका ३५ जना बृद्दहरूका लागि ३५ वटा ब्लाङ्केट वितरण र पश्चिम नेपालको डोटीमा एचआइभी पिडित बुवाआमाका वालवालिकाहरूलाई सहयोग निरन्तर गर्ने कार्यक्रम रहेको समेत जनाएकी छन ।
गीत रेकर्डिङ गर्दा स्टुडियोमा होस् वा द भ्वाइस अफ नेपालको स्टेजमा होस् नवप्रतिभालाई सहयोग स्वरूप केही पैसा वा उपहार दिएर पन्तले हौसला बाँड्ने गरेकी छन् ।
‘द भ्वाइस अफ नेपाल’को गत इपिसोडको कार्यक्रममा उपस्थितभइ प्रतिस्पर्धामा सहभागीहरुलाई उपहार दिएर हौसला प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस