शहिद परिवारले प्रवक्ता प्रकाण्डलाई आमसभामा अभिनन्दन गरे [हेर्नुहोस झलकहरु]


मंसिर १९, कालिकोट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार (आज) कालिकोट सदरमुकाम मान्मामा विशाल आमसभा गरेको छ ।

सभालाई सम्बोधन गर्न पुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई शहिद परिवारले सदरमुकाम मान्मामा अभिनन्दन गरेका छन् ।जिल्ला सदरमुकाम मान्मामा अायोजना गरिएको जनशभामा कालिकोटका शहिद परिवारको तर्फबाट अभिनन्दन गरिएको हो ।

४९ दिनको हिरासत बसाइँ पछि पहिलो पटक गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्डले कालिकोटमा अभिनन्दन पाएका हुन् ।

मंसिर ८ गते काठमाण्डौंमा पार्टी पुर्नगठन दिवसको अवसरमा बृहत प्रर्दशन गरेको नेकपाले बुधबार (आज) कालिकोटमा जनसभा गरेको  हो । कालिकोट प्रवक्ता प्रकाण्डको गृह जिल्ला हो ।

हेर्नुहोस तस्विरहरु (प्रकाश डुम्रे)

*

 

 

२०७५ मंसिर १९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको