भक्तपुरमा स्थानीय युवाले नगरपालिकालाई चुनौती दिँदै सडक ग्राबेल गर्दै (भिडीयोसहित)


भदौ २०, भक्तपुर । भक्तपुरमा एक स्थानीय युवाले नगरपालिकालाई चुनौती दिँदै व्यक्तिगत लगानीमा १ किलोमिटर बाटो ग्राबेल गर्ने काम सुरु गरेका छन् ।

मध्यपुर थिमि नगरपालिका वडा नं ९ का स्थानीय युवा रघुनाथ खड्काले स्थानीय सरकारले बाटो हिलाम्य हुँदा पनि बेवास्ता गरेको भन्दै निजि १४ लाखको लगानीमा सडक ग्राबेल गर्न सुरु गरेका हुन् ।

मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित गाखुको सडक पटक-पटक वडा कार्यलय र नगरपालिकामा दुई बर्षदेखि हिलाम्मे भएको सडक बनाइदिन आग्रह गर्दा पनि जनप्रतिनिधिहरुले आफुहरुको गुनासो नसुनेपछि व्यक्तिगत लगानीमा ग्राबेल गर्न लागेको खड्काले जानकारी दिए ।

खड्काले करीव १४ लाखको व्यक्तिगत लगानीमा मंगलबारबाट  ग्राबेल गर्न सुरु गरिएको जानकारी दिँदै  शुक्रबारसम्म १ किलोमिटर सडक ग्राबेल गरिसक्ने जानकारी दिए ।

१४ लाखको व्यक्तिगत लगानीमा बाटो ग्राबेल गर्न कस्सिएका स्थानीय रघुनाथ खड्का ।

सडक हिलाम्मे भएकाले एम्बुलेन्स नआउदा बुबाआमालाई अस्पताल लान अप्ठेरो भएको गुनसो गर्दै खड्काले भने- ‘हामीलाई जागीर दिलाईदेउ भनेका छैनौ, घर बनाईदेउ भनेका छैनौ, कम्तिमा पनि हाम्रा नानीबाबुहरु सजिलै स्कुल जाने बाटो बनाइदेउ मात्र भनेका छौ’, ।

भिडियो हेर्नुहोस 

२० भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको