भदौ २०, रोल्पा । रोल्पा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ ।
जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका माडीगाउँपालिका घर्तीगाउँका देवबहादुर वलीलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको हो। भदौ १६ गते घर्तीगाउँबाट उनलाई पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले बताए ।
पक्राउ गरिएका वलीलाई सार्वजनिक अपराध सम्बन्धि मुद्दा लगाइएको छ। १५ दिने म्याद थप भई अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले बताए ।
बिस्फोटको घटनामा संलग्न रहेको आरोपमा अदालतबाट वारेन्ट जारी गरिएका दिनेशलाई घर्तीगाउँ बजारबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार केहिदिन अगाडि वडा सदस्यको घर कब्जा भन्दै झण्डा गाडेका उनलाई शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै सार्वजनिक मुद्दा समेत लगाईएको हो ।
संघीय र प्रदेशसभा निर्वाचनको प्रचारमा गाउँ पुगेका तत्कालीन माओवादी केन्द्रका नेता एवं उम्मेदवार बर्षमान पुनलाई लक्षित गरि गरिएको विस्फोटको घटनामा वली लगायत संलग्न रहेको आरोप लगाइएको छ ।
चुनावी प्रचारमा गाउँ पुगेका नेता पुन चढेको गाडीलाई लक्षित गरी माडीगाउँपालिका–१ भिताबाङमा बिस्फोट गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस