द भ्वाइस अफ नेपालका सम्पुर्ण गतिविधि ‘हाम्रो पात्राे’मा


भदाै २०, काठमाडौं । द भ्वाईस अफ नेपालले हाम्रो पात्राे सँग सहकार्य गरेकाे छ।

विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण द भ्वाइस अफ नेपाल र नेपालको सबैभन्दा बढी डाउनलोड भएको लाेकप्रिय एप हाम्रो पात्रोबीच सहकार्य भएकाे हाे ।

याे सहकार्य सँगै द भ्वाइस अफ नेपालको आधिकारिक डिजिटल मिडिया पार्टनरका रुपमा हाम्रो पात्राे अाएकाे छ।

अब हाम्रो पात्राे ले द भ्वाइस अफ नेपाल पहिलाे सिजनका हरेक गतिविधि हरेक अपडेट ताजा सामाग्री सँगै प्रत्येक्ष प्रसारण पनि हेर्न सकिने ANC Event Management का प्रल्हाद सिंह महतले बताएका छन।

उक्त कार्यक्रममा हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले भने ‘निरन्तर विश्वस्तरका मिडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो सांगितिक यात्रामा हामीले सङ्गीतमा विश्वास राख्ने र आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा हामीलाई खुशी लागेको छ।’

२० भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको