टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुर्इ दाजुभाइको मृत्यु


भदाै २०, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।

उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारापनीले जनाएको छ । मृतक दुर्इ दाजुभाइ हुन् ।

टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको जनाएको छ ।

२० भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको