अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिश


भदौ २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिश भएका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियारका आयुक्त रहेका पूर्वसचिव घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

आजको बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष नियुक्तिका विषयमा छलफल भए पनि निर्णय नभएको तिमिल्सेनाले बताए ।

प्रमुख आयुक्तमा सिफारिश घिमिरे रक्षा र गृहसचिव भएका थिए । २०७१ सालमा उनी अख्तियारको आयुक्त बनेका थिए । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुन १ देखि अख्तियार प्रमुख रिक्त थियो ।

२० भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको