भदौ २०, रुकुम पश्चिम । रुकुम पश्चिमको स्यार्पूतालमा पर्यटन महोत्सव हुने भएको छ । बाँफिकोट गाउँपालिका ३ र ५ नम्वर वडामा फैलिएको स्यार्पूतालमा आगामी असोज ११ देखि १५ गते सम्म दोस्रो पर्यटन महोत्स गर्ने तयारी गरिएको छ ।
बाँफिकोट गाउँपालिकाले स्यार्पूतालको प्रचार प्रसारमा टेवा पु¥याउन तथा स्थानीय भेषभुषा, सस्कृति, चालचलन र स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको हो ।
यस अघि २०६७ साल असाजे ११ देखि १५ गते सम्म पहिलो स्यार्पू महोत्सव गरिएको थियो । गाउँपालिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका अध्यक्ष धर्मबहादुर केसीले जिल्लाको आकर्षक केन्द्रविन्दु स्यार्पूतालको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनको उद्देश्य सहित दोस्रो महोत्सव गर्न लागेको बताउनुभयो ।
‘स्थानीय सरकारले स्थानीय स्तरमा रहेका प्राकृतिक, धार्मिक स्थलको साथै अन्य पर्यटकी स्थलको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘त्यही नीति अनुरुप स्यार्पूतालमा महोत्सव आयोजना गर्न लागिएको हो।’
महोत्सवको तयारी थालिसकेको छ । मंगलबा गाउँ कार्यपालिकाको महोत्सवको विषयमा छलफल समेत भएको छ । महोत्सवका लागि सदरमुकाम खलंगादेखि तालसम्मको सडक मर्मत तथा निर्माण, प्रचार प्रसार, स्टल व्यवस्थापन तथा आमन्त्रण लगायतका विषयमा छलफल भैसकेको ३ नम्वर वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।
खलंगादेखि आठबीसकोट नगरपालिकाको राडीसम्मको सडक मर्मतका लागि मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिका संग पनि आवश्यक छलफल भैसकेको केसीले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार, स्थानीय झा“की, सिङ्गारु नाच, पैसेरु नाच, मयुर नाच, झाक्री नाच, महिला,पुरुष भलिबल लगायतका कार्यक्रम राखिनेछ । यसका साथै बा“फिकोट गाउ“पालिकाभर उत्पादन तथा निर्माण हुने स्थानीय उत्पादनका स्टल राखिनेछ ।
स्टलबाट सामग्री विक्री वितरण तथा अवलोकनको व्यवस्था मिलाइने बताइएको छ । महोत्सवबाट बा“फिकोट गाउपालिकामा उत्पादन हुने स्थानीय वस्तुको प्रवद्र्धन हुने विश्वास लिइएको महोत्सव मुल आयोजक समिति संयोजक तथा गाउ“पालिका अध्यक्ष केसीले बताउनुभयो ।
तस्बिर: हरि गौतम, रुकुम
प्रतिक्रिया दिनुहोस