कालिकोटमा विप्लवको आमसभा हुने भएपछी हतियार सहित शसस्त्र प्रहरीको गस्ती परिचालन


मङ्सिर १८, कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीको बुधबार हुन लागेको आमसभालाई लक्षित गरी कालिकोट जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीको गुल्म कालिकोटले छुट्टा–छुट्टै हतियार सहितको गस्ती टोली परिचालन गरेको छ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले विप्लवको आमसभालाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको बताए। उनले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिए।

पछिल्लो पटक विप्लव नेकपाले गर्दै आएको गतिविधिलाई देशैभरि सुरक्षा फौजले बिशेष निगरानी गर्दै आएको छ ।

कालिकोटमा हुने आमसभालाई सम्बोधन गर्न नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य तथा प्रवक्ता तथा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गृहजिल्ला पुगिसकेका छन् ।

गृहजिल्ला पुगेका प्रबक्ता प्रकाण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले मंगलबार जिल्ला सदरमुकाम मान्ममा स्वागत गरेका थिए ।

२०७५ मंसिर १८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको