कालिकोट पुगेर प्रकाण्ड यसरि गर्जिए: अब केहि दिनमै निर्मलाको हत्यारालाई कारबाही गर्छौ


मङ्सिर १८ कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य तथा प्रवक्ता तथा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मलाको हत्यारालाई कारबाही गर्ने बताएका छन् ।

गृहजिल्ला कालिकोट पुगेका प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने बताए। गृहजिल्ला पुगेका विश्वकर्मालाई स्थानीय नेता तथा कार्यकर्ताले गरेको स्वागत कार्यक्रममा पत्रकारले राखेको जिज्ञाशाको जवाफ दिँदै उक्त कुरा बताएका हुन् ।

निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको बताउँदै सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेकोप्रति प्रश्न गरे। उनले अपराधीलाई सरकारले नै संरक्षण गरेको दाबीसमेत गरे।

उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने ठोकुवा गर्दै, चर्चित सुनकाण्ड जस्तै निर्मलाको घटना पनि त्यसैगरी मिलाउने र लुकाउने प्रयास भइरहेको आरोप लगाए।

‘निर्मला नेपाली एक छोरी हो। घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान हो’, उनले भने, ‘जुन कुरा सरकारले गर्न सकेन। अब हामी गरेर देखाउछौँ’ उनले प्रतिबद्धता जनाए ।

निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनले दाबी गरेका छन । निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने बताए ।

गृहजिल्ला पुगेका प्रबक्ता प्रकाण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले मंगलबार जिल्ला सदरमुकाम मान्ममा स्वागत गरेका थिए । प्रकाण्ड पार्टीले बुधबार मान्ममा गर्न लागेको जनसभामा सहभागी हुन गृहजिल्ला आएका हुन्।

१८ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको