मङ्सिर १८, जापान । निर्मला पन्तको न्यायका लागि जापानमा पनि नेपाली युवाहरुले प्रदर्शन गरेका छन् । निर्मलाको न्यायका लागि भन्दै युवाहरुले राजधानी टोकियो र ओसाकामा पोष्टर सहित प्रदर्शन गरेका हुन् ।
सरकारले निर्मला पन्तको बलात्कार र हत्यारालाई पक्राउ गरि कारवाही गर्नुको साटो न्याय माग्दै पोष्टर टाँस्नेहरुलाई पक्राउ सहित पोष्टर च्यातेको घटनापछि आफुहरुले जापानमा यस्तो प्रदर्शन गरिएको सहभागी युवाहरुले बताएका छन् ।
राजधानी टोकियोको सिनओकुबो र ओसाका शहरमा करिव २० जना युवाहरुले ‘सरकार भेटियो न्याय भेटिएन, न्याय दिन ढिलो गर्नु न्याय नदिनु हो’ लेखिएका पोष्टर बोकेर प्रदर्शन गरेका हुन् ।
सोमबार अपरान्ह मौन रुपमा पोष्टर बोकेर करिव १५ मिनेट प्रदर्शन गरिएपछि युवाहरुले फोटोलाई सामाजिक सञ्जालमा राखेका थिए ।
‘नेपालमा प्रदर्शन गरिएको पोष्टरलाईनै प्रिन्ट गरेर नेपाल सरकार र प्रहरीलाई निर्मलाका दोसीलाई पक्राउ गरेर कारवाही गर्न दबाव मिलोस् भनेर प्रदर्शन गरिएको’ सहभागी युवराज श्रेष्ठले बताएका छन् ।
जापानमा भएको बिरोध प्रदर्शनको जापानमै बिरोध
निर्मलाको न्यायका लागि जापानमा गरेको बिरोध स्वरूप पोष्टर प्रदर्शनलाई जापानमै बस्ने नेपालीहरुले बिरोध जनाएका छन् ।
जापानमा रहदै आएकी ज्वाला संग्रौलाले निर्मलालाई न्याय चाहियो भन्दै स्टेशन स्टेसनमा पर्चाको प्रदर्शन गर्दै उँभिएकाहरुलाई विवेकहिन भएको बताउदै, निकै कडा टिप्पणी गरेकी छन् ।
उनले भनेकी छन्, ‘निर्मलालाई न्याय चाहिन्छ तीन करोडले बुझेको छ, तर जापानको यति ब्यस्त स्टेसन जसबाट भित्र बाहिर गर्न पनि कम्तिमा १५ मिनेट लाईन बस्नु पर्छ भने, यस्तो साँघुरो र मान्छेको चाप भएको ठाउँमा बाँसजस्तो ठिँग उँभिएर यिनीहरुले के तमासा देखाएको ? के स्टेसन मास्टरले न्याय दिनु पर्ने यिनीहरुलाई’ ?
यस्ता बिरोधहरुलाई खण्डन गर्दै, बिरोधमा सहभागी युवराज श्रेष्ठले भनेका छन्, हाम्रो नियत देश बदनाम गराउने होइन देशमा अन्यायमा परेकाहरुले बिदेशमा रहेका नेपालीहरुलेपनि साथ दिन्छन् र न्याय पाउन सकिन्छ भनेर सरकारलाई दबाव दिनु हो ।’
सामाजिक सञ्जाल मार्फत सरकारलाई दबाव दिनको लागि फोटो खिच्न प्रतिकात्मक प्रदर्शन गरेको बताउदै, उनले भने ‘आफ्नो देशको ईज्जत र सम्मानमा आँच आउनेगरि कुनै नारा जुलुस, धर्ना वा जापानमा नेपालीको बदनाम हुने कुनै काम गरेका छैनौ ।
तस्बिर: जापानसमाचारबाट
प्रतिक्रिया दिनुहोस