जब प्रहरीकै गाडीमा टाँसियो निर्मलाको पोस्टर: ‘सरकार भेटियो तर न्याय भेटिएन’


मङ्सिर १८, काठमाडौं । निर्मलाका लागि न्याय माग्दै पोष्टर टाँस्ने अभियान चलाइरहेका केही युवाले आज राजधानीको प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य जारि राखेका छन्।

पोष्टर टाँस्न युवा भेला भएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ गर्न प्रहरीले गाडिबाट ओलिएपछि प्रदर्शनकारीले प्रहरीकै भ्यानमा पोष्टर टाँसेका थिए।

प्रधानमन्त्रीको नयाँ युगको सुरुवात पोष्टरलाई टक्कर दिनेगरि, ‘सरकार भेटियो तर न्याय भेटिएन’ पोष्टरहरु गल्लि, बिजुलीका पोल र भित्ताहरुमा युवाहरुले छ्याप्ने काम गरेपछि प्रहरी प्रसासनले माथिको आदेश भन्दै पोष्टर च्यात्ने, युवाहरुलाई धरपकड गर्ने कार्य गरेको थियो ।

तर निर्मलाको पोष्टर जति च्यातो उति च्याप्ने काम तिब्र बन्दै गयो र सामाजिक संजालमा भाइरल बन्दै गयो । प्रशासनको ठाडो हस्तक्षेप देखेर युवाहरुले प्रहरीको भ्यानमा समेत पोष्टर टाँस्न बाँकी राखेनन् ।

निर्मलाको न्यायका लागि देशव्यापी बिरोधका अनेकौं स्वरुपहरु प्रदर्शन हुन थालेपछि ओली सरकार र गृहमन्त्री बादलको प्रसासनलाई नैतिक संकटमा फस्दै गैरहेको बुद्दिजिबि तथा विश्लेषकहरुको ठम्याई छ । निर्मला काण्डलाई समयमै टुङ्गो लगाउन नसके सम्भवतः ओली सरकारको आयु समाप्त हुने उनीहरुको आँकलन पनि छ ।

गत साउन ११ गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अपराधी पक्राउ गर्न सरकार असक्षम भएपछि नागरिक स्तरबाट दबाव दिने क्रम जारी छ। यसैक्रममा गतसाता देखि युवाहरुको स्वतन्त्र समूहले पोष्टर तथा स्टिकर टाँस्ने काम गर्दै आएका छन्। हिजो मात्रै लामो दुरीका बस तथा सवारीसाधनमा यस्तै पोष्टर टाँसिएका थिए।

१८ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको