हाम्रो सामाजिक धरातल


बिबाह भएको केहि दिन महिनासम्म सासु परिवारलाई बिस्वाश दिलाउनु भालेको डाकसंगै उठेर नयाँ बुहारीले घर पोत्ने देखि आगान बडार्ने र पानिको ब्यबस्था देखि चिया नास्ताको ब्यबस्था गर्नु पर्ने तब खाटी बुहारी ठहर हुने प्रचलन थियो । यो चलनमा केहि सुधार आए पनि पुर्ण रुपमा ब्यबस्थापन भएको भने छैन । प्रक्रिया मात्र फरक छन् भने अधिकारका कुरा किताबका ठेलीमा सिमित देखिन्छन |

राजनीतिक मान्यता / दल विचार परिवर्तन
पारिवारिक वा कुनै प्रकारले दललाई नैतिक समर्थन दिंदै आएको दलबाट अर्को दलमा जाने व्यक्तिहरु धेरै राजनीतिक ब्याख्या र शुद्धिकरणको वकालत गर्छन । व्याख्या र सुद्धिकरणको वकालतले नयाँ दलमा आफ्नो पद जोगाउने रणनीति तयार गर्छन | जहाँ भाबी योजना भन्दा वकालती कुरामा बिश्वास गर्छन । यदि पद जोगिन नसके अबस्था आयो भने पुन दल परिवर्तन गर्छन ।

धार्मिक आस्था/सस्कार परिवर्तन
परापुर्बकाल देखि आफ्नो पुर्खाले मान्दै आएको धर्मलाई बिभिन्न शुद्धिकरणको बहानामा आस्था परिवर्तन गरेर सस्कार परिवर्तन गर्नेहरु धेरै ढोगी प्रवृतिको देखिन्छन र प्रवचन दिने काम गर्छन | जहाँ आफुलाई पुरानो सस्कार मान्ने समाजलाई आफु सत्य साबित भएको प्रमाण बुझाउनु पर्ने हुन्छ |

शैक्षिक योग्यता/पदिय दायित्व
एक स्थापित कम्पनिमा प्रमाण पत्र वा सिफारिसको आधारमा जगारी गर्नु आउनेले अनुभब भन्दा सैद्दान्तिक ज्ञानलाइ स्थापित गर्नु खोज्दा, अनुभबी कामदारहरु मारमा पर्छन र कम्पनिले उत्पादन, आयात/निर्यातमा नोकसनी भोग्नु पर्छ साथै कम्पनिको भबिस्य माथि नै प्रश्न चिन्ह उत्पन्न हुन्छ | यसै चम्चे प्रवृति भनिछ | चेम्चेहरु पकाउने भन्दा पस्किने तिर धेरै झुकाब राखछन् |

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको