भदौ १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र तारा सञ्जेल रावल रिहा भएका छन् । उनीहरु दुबै जना मंगलबार अपरानह्न काठमाडौँ जिल्ला अदालतको आदेशमा सामान्य तारिखमा रिहा भएका हुन्।
नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाउ परेको विरोधमा आवह्वान गरिएको नेपाल बन्दको दिन प्रहरीले विनाकारण उषाकिरण आजाद र तारा सन्ज्याललाई गिरफ्तार गरेको थियो ।
उषाकिरणलाई वीर अस्पतालमा बिरामी भेट्न जाँदा प्रहरीले साउन २९ गते मंगलबार बिहान ६ बजे गिरफ्तार गरेको थियो । आफ्ना नेताकार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको थियो ।
केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका नेता–कार्यकर्तालाई शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने, गिरफ्तार गर्ने कार्य तीव्र पारेको छ। नेकपाका नेताकार्यकर्तालाई दमन, धरपकड गरेको भन्दै सो पार्टीले प्रतिरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस