अमेरिकी चेतावनीका वावजुद रुसद्वारा सिरियामाथि हवाई आक्रमण सुरु


भदौ १९, काठमाडौं । रुसले सिरियाको इदलिबमा हवाई आक्रमण पुनः सुचारु गरेको खबरहरु प्राप्त भएका छन्। बीबीसीले अमेरिकी चेतावनी वावजुद रुसले सिरियामा आक्रमण सुचारु गरेको खबर प्राप्त भएको जनाएको छ।

यदी पुष्टि भए यस आक्रमण ३ हप्तायताकै पहिलो आक्रमण हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सिरियाली सरकार र रुसको संयुक्त आक्रमणहरु सिरियामा अर्थपूर्ण नभएको टिप्पणी गरेका थिए।

उता क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी चेतावनीलाई नकार्दै आफूहरुले सिरियामा भएका आतंककारीका अखडाहरु हटाउने बताएका छन्। इ

दलिबमा बसिरहेका आतंककारीविरद्ध आक्रमणका लागि तयार भएको उनको भनाइ थियो। अमेरिकासँगै संयुक्त राष्ट्रसंघले समेत सिरियाली सरकार बशर अल असद सरकारको आलोचना गरेको छ।

झण्डै ३० लाख मानिसहरु बस्दै आएको इदलिबमा आक्रमण भए त्यहा मानवीय संकट उत्पन्न हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ। सिरियामा इस्लामीक स्टेट आइएस लगाएका विद्रोहि पक्षहरु छन्।

सरकारी पक्षलाई भने रुसको साथ छ। सिरियाली द्वन्द्वमा परी अहिलेसम्म ८ लाखभन्दा बढी विस्थापित भएको राष्ट्रसंघको भनाई छ। एजेन्सी

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको