गीतकार सुमन श्रापितको गीतसंग्रह ‘भावनाको खेती’ माथी परिचर्चा


भदौ १९, काठमाडौँ । गीतकार सुमन श्रापितको गीतसंग्रह ‘भावनाको खेती’ माथी पोखरामा परिचर्चा गरिएको छ ।

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले शनिबार बिहान पोखरामा आयोजना गरेको एक कार्यक्रमबिच उत्त गीत संग्रहको परिचर्चा गरिएको हो ।

गीतकार संघ नेपालद्वारा वर्ष गीत पुस्तक पुरस्कार प्राप्त लोकप्रिय गीतकार सुमनको भावनाको गीतमा १ सय २८ गीत संग्रहित छन् । बाग्लुङमा जन्मेका श्रापितको सार्वजनिक गीत संग्रहमा देशभक्त, सामाजिक,आर्थिक, प्रेम, दुखसुख र पकृतीका विषय समावेश गरिएको छ ।

पुस्तकमाथी परिचर्चा गर्दै समिक्षक असफल गौतमले सुमनका गीत सरसरती हेर्दा गीतकार सुमन राष्ट्रवादी सचेत श्रष्टा भएको उल्लेख गरे । गौतमका अनुसार सुमनका गीतमा प्रेमभाव र पकृतिलाई पनि समावेश गरिएको छ ।

अहिले कतिपय गीतहरुमा प्रेमका नाममा अश्लिल शब्दहरु समावेश गरिएको हुन्छ तर सुमन पे्रमिल गीतमा अश्लिल हाईन प्रेमको सहानुभुति प्रकट गरिएको उनले बताए । १ सय ६० पृष्ठ रहेको गीत संग्रहको आरोह अवरोह केलाउदै गौतमले समग्रमा गीतमा कुनै खोट नरहेको पनि बताए ।

श्रष्टाको परिचय दिईदै गजलकार रुपिन्द्र प्रभावीले सुमन पोखरेली गीतकारको एतिहासिक दास्ताबेज राख्न सक्ने गीतका सर्जक भएको बताए । सुमनका गीतमा एउटा हुटहुटी छ ‘उनले भने’ उनि हृदयका गीतकार हुन् ।

वरिष्ठ गीतकार कृष्ण हरि बरालले पोखरा आफु धेरै आउने जाने नभए पनि आफ्ना गीतले पोखराका मनोरम दृष्यलाई प्रस्तुत गरिएको बताए । पोखरा आफैँमा गीत, साहित्य,कला भएको उनले प्रष्टाए । पोखराका स्थाननै बिम्ब भएर आँखामा झल्किन्छन् ‘उनले भने’ पोखरामा जता हेरे पनि कवि, लेखक र समिक्षक देखिन्छ ।

साहित्यमा दुई कुरा के र कसरी लाई बढि ध्यान दिनुपर्ने उनको भनाई छ । के लाई कसरी प्रस्तुत गरिएको छ त्यो नै साहित्य भएको उनले बताए । सुमन गीतका विषयमा बोल्दै बरालले उनका गीतमा अभिव्यक्ति गर्ने शैलीनै आर्कषक रहेको बताए ।

उनका अनुसार गीतको पुस्तक छाप्नु भन्दा पहिलेनै परिचर्चा गर्नुपर्छ । तर हामी पहिले पुस्तक छाप्छौ अनि मात्र चर्चा गर्छौ यो गलत भईरहेको बरालले बताए । यसको सुधार हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै श्रष्टा सुमन श्रापितले सानै देखि आफुलाई गीत लेख्न मन परे पनि औपचारिक रुपमा १९ वर्ष देखि निरन्तर आफुले गीत लेख्दै आएको बताए । आफ्ना गीतमा संगीत भरेर साथ दिने अहिलेका चर्चित संगीतकार बिबि अनुरागीका विषयमा पनि उनले बोलेका थिए ।

संगीतकार बिबीले पनि सुमन र आफ्नो सम्बन्ध बाल्यकाल देखि भएको उल्लेख गर्दै । सुमन गीतमा सबै भन्दा बढि आफुले संगीत गर्ने अवसर पाएको बताए । सुमनको लेख्ने शैली सँग आफुँ चिरपरिचित भएको उनले बताए । अन्य गीतकारलाई पनि उनले आफ्ना कुनै पनि राम्रा गीतहरुलाई आफुलाई पठाउन आग्रह गरे ।

हिमालयन रिडर्स कर्नर पोखराको हलमा सम्पन्न कार्यक्रममा संगीतकार प्राज्ञ हरिदेवी कोईराला, संगीतकार नबराज बराल लगायतले बोलेका थिए ।

आयोजक संस्थाका उपाध्यक्ष अभिमन्यु विक्रम राणाले स्वागत गरेको कार्यक्रमको अध्यक्षता सप्तरङ्गी प्रतिष्ठान नेपालका अध्यक्ष अग्रज लोक गायक पदमराज ढकालले गरेका थिए । कार्यक्रमको सञ्चालन भने मनकुमार श्रेष्ठले गरेका थिए ।

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको