माओबादी अध्यक्षले गृहमन्त्री वादललाई विद्रोह गर्नुस भनेपछी…


भदौ १९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा सोचे जस्तो साथ नदिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले बादललाई बिद्रोह गर्न सुझाव दिएका छन् ।

किराँतीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्न सुजाएका हुन् ।

ओली र प्रचण्डले गृहमन्त्री थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने नेता किराँतीले बताएका छन् ।

‘उहाँ (गृहमन्त्री बादल)लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अब उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ’, किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’

पछिल्लो पटक केही छापाहरुमा गृहमन्त्री बादलको काम कारवाही लोकतन्त्र विरोधी भएको भन्दै समाचारहरु प्रकाशमा आएकै बेला किरातीले विद्रोहका लागि सुझाव दिएका हुन् । प्रधानमन्त्री ओली र प्रचण्ड बीच गृहमन्त्री बादलको बिषयमा गोप्य छलफल भएको समेत खुलासा भैरहेको सन्दर्भलाई आँकलन गरेर किराँतीले सुजाव दिएको अनुमान गरिएको छ।

तत्कालीन माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेका किराँतीले ती दुई पार्टीको एकतापछि आफ्नो नेतृत्वमा माओवादी केन्द्रको पुनगर्ठन अभियान चलाएका थिए । अहिले उनको पार्टी संगठन निर्माणको चरणमा छ ।

किराँती नेतृत्वको पुनर्गगठित माओवादी, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपावीच पार्टी एकताका लागि पनि गृहकार्य भैरहेको छ ।

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको