भदौ १९, काठमाडौँ । प्रहरीले दुई किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले चन्द्रगिरी चन्द्रगिरी नगरपालिकाको नागढुंगामा चेकजाँचका क्रममा दुई कजी बराबरको दूइ थान नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ गंगाजमाुना गाउँपालिका–२ का २६ वर्षय अभिषेक तामाङ, नुवाकोट ताराकेश्वरका २८ वर्षीय राम तामाङ, सोही स्थानका २५ वर्षीय जेतेन्द तामाङ, २५ वर्षीय वीरेन्द्र तामाङ, धादिङ, दर्खाका २१ वर्षीय राज तामङ, जीवनपुरका १८ वर्षीय राजकुमार तामाङ रहेका छन्।
प्रहरीले नक्कली सुनको कारोबार भैरहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध ठगी मुद्दा चलाउनुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस