पहिरोका कारण सल्यानको एक विद्यालयमा पठनपाठन बन्द


भदौ १९, सल्यान । सल्यानको एक विद्यालयमा पहिरो जाँदा पठनपाठन अवरुद्व भएको छ ।

गएको साउन २० गते पहिरो जाँदा बागचौर नगरपालिका ६ ठुलापोखरामा रहेको सिद्धार्थी आधारभुत दुई ओटा भवनमा क्षती पुगेको हो । विद्यालयमा गएराती पनि पहिरो जाँदा पठनपाठन अवरुद्व भएको प्रधानध्यापक ज्ञान बहादुर ओलीले जानकारी दिएका छन् ।

उनका अनुसार पहिले एउटा दुईकोठे पक्की भवनमा माथिबाट पहिरो झर्दा भवनको पर्खाल भत्किएर ढुंगामाटो कोठा भित्रै पसेको र अर्काे दुईकोठे पक्की भवनमा पनि आसिंक क्षेती पुगेको थियो । तर त्यसको मर्मत संभार नहुँदै एक महिना पछि गएराती पहिरो जाँदा अर्काे दुईकोठे भवन पनि जोखिममा पुगेको छ ।

भुकम्प प्रतिरोधात्मक उक्त दुईकोठे भवनको मुनिबाट पहिरो गएपछि भवन जोखिममा रहेकोले विद्यालय नै बन्द गर्नु परेको प्रअ ओलीले जानकारी दिए ।

कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालय अर्काे निर्णय नहुँदासम्म बन्द हुने उनले बताएका छन् ।

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको