नहरमा खस्दा एकको मृत्यु, एक वेपत्ता


भदौ १९, चितवन । चितवनमा नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो ।

स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो भने वेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ । रासस

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस