भदौ १९, काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपाल हङकङसँग ९५ रनमै अल आउट भएको छ । ३७.५ ओभरमा मात्र ९५ रन बनाउदै नेपाल अलआउट भएको हो ।
आज नेपालको प्रदर्शन निकै कमजोर रह्यो । कुनै पनि ब्याट्म्यान टिकेर खेल्न नसक्दा नेपालको इनिङ संकटमा परेको छ । प्रारम्भीक ब्याट्म्यान सुवास खकुरेल (शुन्य) आउट हुँदा नेपालको विकेट पतन जारी रह्यो ।
नेपालका लागि आरिफ शेख २०, साेमपाल कामी शून्य, सागर पुन ७, दिपेन्द्रसिंह ऐरी २, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाउन मात्र बनाउन सके । यस्तै, तेस्रो विकेटका रुपमा अनिल शाह आउट भएका थिए । उनी ४२ बल खेलेर १५ रन बनाउदै आउट भए । पहिलो विकेट सुवास खकुरेल शून्य र दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए ।
नेपालका लागि तीन जनाले आज खाता नै खोल्न सकेनन् । सुवास खकुरेल, सोमपाल कामी र ललितनारायण राजवंशीले खाता नै खोल्न नसकेका हुन् । बलिङमा हङकङका इशान खान नेपालका लागि घातक भए ।
उनले आठ ओभर बलिङ गर्दै मात्र १५ रन दिएर महत्वपूर्ण ४ विकेट लिइ । यस्तै, तनवारी अफ्जल र आजिक खानले समान २ २ विकेट लिए । भने, नडिम अहेमद र इशान नवाजले एकएक विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस