नेपाल आइडलपछि इन्दिराले मोहोनी लिएर आइन (भिडियो)


गायनमा आधारित रियालिटी सो ‘नेपाल आइडल’ मा निर्णायकको रूपमा सहभागी भएपछि गायिका इन्दिरा जोशीले पहिलो पटक नयाँ गीत लिएर श्रोतामाझ आएकी छन्। अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरूको ‘मोहनी’ शीर्षकको गीत उनले गाएकी हुन्। पप शैलीको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको संगीत छ।

शैलेन्द्रबाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो। यो गीतको म्युजिक भिडियो पनि मंगलबार नै सार्वजनिक भएको छ।

अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने अनिशा के क्षत्रीले गरेकी हुन्। भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन्। भिडियोमा दीपले प्रेमिकालाई बेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षाले प्रेमीलाई फकाउने शैलीको अभिनय गरेकी छन्।

सुशील न्यौपानेद्वारा सम्पादन गरिएको भिडियोलाई टकिज प्रे तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन्। मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

https://youtu.be/sLGafTnvfWI

२० पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको