कण्डमबारे केही रोचक तथ्यहरु


गर्भनिरोधका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको आविष्कार कहिले भएको होला ? यो चासो धेरैको हुनसक्छ ।

इतिहास खोतल्ने हो भने सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डम आकारको चित्र फेला परेको थियो । उक्त चित्र १५ हजार वर्ष पूरानो भएको बताइन्छ । विश्वको सबैभन्दा पूरानो कण्डम भने स्वीडेनमा फेला परेको छ ।

अहिले कण्डम सजिलैसँग किन्न पाइन्छ । तर सन् १९२८ पछि अमेरिकामा डाक्टरको सिफारिसपछि भेन्डि मेसिनबाट निकाल्न सकिने भयो । त्यस्तै सोची ओलम्पिकमा खेलाडीहरुका लागि ओलम्पिक भिलेजमा १ लाख कण्डम पुर्याइएकाे थियो ।

१६ औँ सताब्दीमा भिरिंगी रोगबाट बच्नका लागि कण्डोमको आविष्कार भएको थियो । त्यस समयमा फ्रान्समा धेरै मानिसहरु यो गुप्तरोगका कारण मरिरहेका थिए ।

उक्त रोगको त्यसबेला कुनै उपचार थिएन । त्यसैले गेबरिल फेलोपियो नामक आविष्कारकले यसको उपचार खोज्ने कोसिस गरे । उनले नाइलन फाइबरको खोललाई एक रसायनिक घोलमा डुबाए र त्यसपछि सुकाए ।

उक्त फाइबरको खोललाई ११ सय जना मानिसहरुमा प्रयोग गर्ने सोँच थियो । त्यसैले त्यसलाई पुरुषहरुको लिंगमा लगाइयो र फेँदमा धागोले बाँधियो । उक्त साधन लगाएर यौन सम्पर्क गर्दा पुरुषहरुमा भिरिंगी रोग नसरेको पाइयो ।

पहिले लेटेक्सबाट पनि कण्डम बनाइन्थ्यो । त्यस्तै जनावरको आन्ध्रालाई पनि कण्डोमका रुपमा प्रयोग गरेको इतिहास छ । त्यसपछि कण्डोम बनाउनका लागि नाइलन, स्लिक र छालाको पनि प्रयोग गरियो ।

एजेन्सीको सहयोगमा

२०७४ पुष २० गते प्रकाशित

२० पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको