प्रगतिशील पत्रकार तथा सामाजिक अभियन्ताको रुपमा युएईमा चिनिएका रुकुमका पृथीछक बुढा नेपाली समुदाय युएई द्वारा सम्मानित भएका छन् । आफ्नो बुलबुल उपन्यास प्रकाशनको व्यवस्थापनका लागि छुट्टीमा नेपाल जाँदै गरेका बुढा मगरलाई शिघ्र स्वास्थ्य लाभको कामना सहितको सम्मान पत्र नेपाली समुदायले प्रदान गरेको छ ।
करिव एक साता अघि बरदुवइ स्थित नेपाली चोकमा केहि नेपाली ग्याँङहरु बीच झडप हुँदा उक्त समुह द्वारा अनाहकमा उनीमाथि प्रहार भएको थियो । उनि घाइते अवस्थामै अहिले नेपाल पुगेका छन् ।
प्रगतिशील लेखक तथा पत्रकार युएईमा रहेर गलतका बिरुद्द तिखो कलम चलाउदै आएका छन् । साथै नेपाली जनप्रगतिशील मोर्चा युएइको सल्लाहकार समेत रहेका छन् ।
नेपाली समुदाय युएईले प्रदान गरेको सम्मान पत्रमा यस्तो लेखिएको छ :-
बस्तुगत सुचनालाई सम्प्रेष गर्दै, सुधारोन्मुख बिचारधारा सहितका प्रगतिशिल पत्रकार तथा समाजसेवी, पृथी छकलाई केही दिन अघि रड प्रहार गरि सांघातिक आक्रमण गर्नेहरुलाई संदेश पेश छ |
तिम्ले घाउ दिन सक्छौ भने बदलामा हामिले उनको उदारता, मातृप्रेम/भातृप्रेम, निर्भिकता र निस्पक्षतामा निभाएको सुचना सम्प्रेसको पेशा प्रती सम्मानले भरेर मह्ललम लगाएका छौ । सक्छौ भने हे आधुनिक जमनाका असंस्कृत गुरिल्लाहरु आत्मालोचनामा आफ्नो सात्विक अभिष्ट पहिल्याउ र साथमा आउ हामी स्वागत गर्छौ ।
नेपाली समुदाय युएई
प्रतिक्रिया दिनुहोस