मंसिर १७, काठमाडौ । शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते जीवन व्यतित गरिरहेका छन् । बेपत्ता हुनेहरूको संख्या त्यस्तै छ ।
युद्धमा तत्कालीन विद्रोही नेकपा माओवादीको जनमुक्ति सेना बनेर लडेका कुलप्रसाद भट्टराई (कुशुम) यस्तै एक पात्र हुन्, जो घाइते जीवन बिताइरहेका छन् । शरीरमा गोलीका छर्रा बोकेर हिँडिरहेका भट्टराईले गत साता सिंहदरबारस्थित गृहमन्त्री रामबहादुर थापाकै कार्यकक्षमा पुगेर विष सेवन गरेको घटना चर्चामा आयो ।
पढ्ने समयमा अनेकौं सपना देखाएर युद्धमा लाग्न आग्रह गर्ने नेताहरू अहिले चिल्ला गाडीमा चढेर सुखसयलमा व्यस्त हुँदा आफूहरूलाई बिर्सिको गुनासो पूर्व लडाकूहरूले बारम्बार गर्ने गरेका छन् । पूर्व लडाकूको एउटा समूह आन्दोलनमा पनि छ ।
गृहमन्त्रीकै कार्यकक्षमा पुगेर विष पिउने भट्टराई र पूर्व बाल लडाकू लेनिन विष्टलाई लोकान्तर स्टूडियोमै बोलाएर ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले कुराकानी गरेका छन् ।
पूर्व लडाकू भट्टराईले किन विष सेवन गरे ? कसरी सिंहदरबार पुगे ? उनको माग के थियो ?
विस्तृत जान्नका लागि हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :
प्रतिक्रिया दिनुहोस